Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » धनकुटामा गठबन्धनलाई अप्ठेरो

    धनकुटामा गठबन्धनलाई अप्ठेरो

    By सूचनापाना२९ बैशाख २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    SuchanaPana.com

    २२ वैशाख, धनकुटा । सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा तालमेलको निर्णय लिनुअघि नै धनकुटामा साझा उम्मेदवारी दिने निर्णय भइसकेको थियो । केन्द्रको निर्णय नकुरी जिल्लाका सातै स्थानीय तहमा साझा उम्मेदवार तय गर्न गठबन्धनका स्थानीय नेताहरू सहमत हुनुको पछाडि भने ०७४ को नतिजा कारण हो ।

    अहिलेकै जस्तो नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले गराएको ०७४ को चुनावमा नेकपा एमालेले धनकुटा क्लिन स्वीप गरेको थियो । सातै स्थानीय तहका पदाधिकारीसहित जिल्लाभर एमाले उम्मेदवारले जितेको खुसी मनाउन अध्यक्ष केपी शर्मा ओली धनकुटा नै पुगेका थिए ।

    ०७४ को चुनाव अगाडि पनि धनकुटा एमालेका निम्ति अनुकूल भूमि हो । राज्य पुनर्संरचनाका क्रममा सात स्थानीय तह निर्धारण गर्नु अघिको नगरपालिका र गाविसहरूमा एमालेको वर्चस्व रहने गरेको थियो ।

    तर यसपटक एमालेको त्यो बलियो विरासत तोड्न सत्तारुढ गठबन्धन बनेको छ । ०७४ को चुनावमा कांग्रेस दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो र तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) तेस्रो राजनीतिक शक्ति बनेका थिए । यसपटक यी तीन दलसँगै एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी पनि थपिएको छ । एकीकृत समाजवादीले एमालेकै मत काट्ने निश्चित छ ।

    ०४९ को स्थानीय चुनावबाट जिल्ला विकास सभापति बनेका धर्मराज पौडेल, पूर्व सांसद दुर्गा लिंखालगायत नेताहरू एकीकृत समाजवादीमा गएकाले गठबन्धनका नेताहरू उत्साहित छन् । कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई, एमालेबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्न नसकेकाले पनि यसपटक गठबन्धनको जित निश्चित रहेको बताउँछन् ।

    ‘अवसर पाउँदा पनि एमालेले मुलुक र जनताका लागि केही पनि गर्दैन भन्ने छाप छोडेको छ । तर, हामी धनकुटाको समृद्धिका लागि नयाँ योजना ल्याउँछौं’, राई भन्छन् । अहिलेका गठबन्धनमा रहेका दलहरुलाई ०७४ को चुनावमा पराजित गर्दा धनकुटा पछि परेको जनताले महसुस गरिसकेको उनी बताउँछन् ।

    तर गठबन्धनका नेताहरुको दावीप्रति एमाले नेताहरु भने सहमत छैनन् । पार्टी विभाजनको असर नगन्य नरहेको, बितेको पाँच वर्षमा जनप्रतिनिधिले जनताको विश्वास जितेको र आफ्नो उम्मेदवार धनकुटाको धुलोसँग परिचित रहेको एमाले नेताहरुको तर्क छ । गठबन्धनलाई हराएर फेरि पनि पार्टीको विरासत कायमै राख्ने एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुली दावी गर्छन् । ‘हाम्रो उम्मेदवार धनकुटाको धुलोसँग परिचित छन् । जनताले हामीलाई सजिलै जिताउँछन्’, अध्यक्ष पराजुली भन्छन् ।

    जनमत प्रभावित हुनसक्ने अन्य फ्याक्टर बिर्सने हो भने ०७४ को चुनावी नतिजाका आधारमा यसपटक धनकुटामा रोचक प्रतिस्पर्धा हुनेछ । धनकुटा नगरपालिकामा गठबन्धन तुलनात्मक सहज अवस्थामा रहे पनि बाँकी स्थानीय तहको अवस्था लगभग हाराहारी छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    झापामा जङ्गली हात्तीको आक्रमणबाट ६४ जनाको मृत्यु

    १७ चैत्र २०८१, सोमबार

    उजाडिँदै भोजपुरको ऐतिहासिक टक्सार बजार

    २० श्रावण २०८०, शनिबार

    ताप्लेजुङमा ५१ घर उच्च जोखिममा

    ४ असार २०८०, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.