Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    २४ असार २०८२, मंगलवार

    रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

    २४ असार २०८२, मंगलवार

    हिमताल फुटेर रसुवामा बाढी आएको आशंका

    २४ असार २०८२, मंगलवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » उजाडिँदै भोजपुरको ऐतिहासिक टक्सार बजार

    उजाडिँदै भोजपुरको ऐतिहासिक टक्सार बजार

    By सूचनापाना२० श्रावण २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    भोजपुर । बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ।

    SuchanaPana.com

    तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो। यहाँका मानिस घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रूपमा निर्माण गरिएका घरहरू जीर्ण भएका छन् भने बजारको स्वरूप पनि बिग्रँदै गएको छ। कतिपय घरहरू भत्किन थालेका छन्।

    विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन्। यो बजार सुनसान बन्दा भोजपुर जिल्लाकै चिनारी धमिलो हुँदै गएको स्थानीय तथा पूर्ववडाध्यक्ष कुमार श्रेष्ठले बताए। घर अपलपत्र छाडेर यहाँका मानिस काठमाडौँ, धरान, विराटनगरलगायत ठाउँमा बस्दै आएको उनको भनाइ छ। यहाँका करिब ६० प्रतिशत मानिस घर छाडेर बाहिर गएको श्रेष्ठले जानकारी दिए।

    ‘टक्सार बजार देशकै पहिचान बोकेको पुरानो ऐतिहासिक बजार हो’, श्रेष्ठले भने, ‘मिनी पाटन उपनामले चिनिएको यो बजार बसाइँसराइको कारण उजाड भएको छ। कलात्मक शैलीमा निर्माण गरिएका घरसँगै मठमन्दिर भत्किन थालेका छन्। बजार सुनसान बनेको छ। यहाँका करिब ६० प्रतिशत मानिस बाहिर गएको अवस्था छ।’

    विसं १८७२ देखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य रहेको छ। तत्कालीन नेपाल सरकारले १८७० देखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरिएको थियो। टक्सारमा टक छाप्ने पेसा शाक्य थर भएकाले गर्दै आएको स्थानीय बासिन्दा बताउँछन्।

    यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक डोली पैसा राणा शासनमा प्रचलित थियो। टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन्। पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यो स्थानमा भित्र्याएका थिए। टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत रहेको छ, जुन १९९३ सालमा स्थापना गरिएको हो। राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्तिहरू बनाइएको स्थानीय बूढापाकाको भनाइ छ।

    उहाँहरुका अनुसार अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालिगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए। त्यो समयमा यो बजारमा मानिसको चाप धेरै हुने गरेको थियो। २००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थानान्तरण गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान हुँदै गरएको हो। विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ डोली पैसा बनाउने गरिन्थ्यो।

    टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो। रामप्रसाद राई गाउँपालिकाम पर्ने धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्री निर्माण गरिन्थ्यो। तर त्यो खानी पनि अहिले बन्द भएको छ। दशकौँ अघिसम्म सयौँको सङ्ख्यामा रहेका यहाँका उद्योग अहिले छ–सातवटामा सीमित भएका छन्।

    पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार सुनसान पूर्ववडाध्यक्ष र श्रेष्ठको भनाइ छ। यस बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाकाले बताउने गरेका छन्। इतिहासअनुसार सोह्रौँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत रहेको पाइन्छ। माझ किरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यति बेला यहाँ थुप्रै माल, अड्डा अदालत पनि खोलिएका थिए।

    यी सम्पदाको समय समयमा मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका छन्। त्यसो त अहिले आएर बजारवासी आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको स्थानीयवासी बुद्धराज शाक्यले बताए। उनका अनुसार बजारका हुनेखाने वर्ग अन्यत्र गएपछि बजार दुरवस्थामा पुगेको हो। सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुन सकेको छैन।

    ‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ। यहाँ नजिककै टक्सार विमानस्थलसमेत छ। टक्सार बजारका धातु उद्योगलाई ब्यूँताएर यो बजारको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीलाई प्रेरित गर्नुपर्ने खाँचो रहेको पूर्ववडाध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी देखिएको छ। यहाँका सामग्री देशभित्र मात्रै हैन विदेशमा समेत निर्यात हुने गर्छ। अहिले बजारको मागलाई यहाँका उद्योगले धान्न सकिरहेका छैनन्।

    बजारमा जनघनत्व घटेर विभिन्न खालका धातुका सामग्री बनाउने जनशक्ति बाहिर पलायन भएपछि यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ। बसाइँ सरेर गएका मानिसहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेका छन्।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    २४ असार २०८२, मंगलवार

    रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

    २४ असार २०८२, मंगलवार

    हिमताल फुटेर रसुवामा बाढी आएको आशंका

    २४ असार २०८२, मंगलवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    अर्थ

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा रु १५ खर्ब ३२ अर्ब ९३ करोड बराबरको…

    रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

    २४ असार २०८२, मंगलवार

    हिमताल फुटेर रसुवामा बाढी आएको आशंका

    २४ असार २०८२, मंगलवार

    सैनिकको शव खोज्न जाँदा टर्कीका १२ सैनिकले गुमाए ज्यान

    २४ असार २०८२, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    २४ असार २०८२, मंगलवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.