Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » काँग्रेस सभापती देउवाको निर्देशन : गठबन्धनलाई धोका नदिनू

    काँग्रेस सभापती देउवाको निर्देशन : गठबन्धनलाई धोका नदिनू

    By सूचनापाना२९ बैशाख २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    SuchanaPana.com

    २१ वैशाख, विराटनगर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका लागि गरिएको चुनावी गठबन्धनमा धोका नदिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    बुधबार विराटनगरमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले गठबन्धन राष्ट्रिय आवश्यकता हो भन्दै धोका नदिन आग्रह गरेका हुन् । ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो, यसमा धोका दिने काम गर्नु हुँदैन’ उनले भने ।

    प्रधानमन्त्री देउवाले गठबन्धनमा शंका उपशंका पैदा गर्ने काम नगर्न पनि कार्यकर्तालाई आग्रह गरे । ‘कांग्रेसले धोका खाए पनि धोका दिँदैन’ उनले भने ।

    अहिले कांग्रेस पार्टीको टाउकोमा ठूलो जिम्मेवारी रहेको भन्दै देउवाले कसैको पनि एकल बहुमत नभएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।

    प्रधानमन्त्री देउवाले विराटनगरमा विराट राजाको दरबार क्षेत्रको उत्खननका लागि बजेट व्यवस्थापन गर्ने आश्वासन दिए । पुरातत्व विभाग मार्फत उत्खनन गर्ने उनको भनाइ छ ।

    उनले ६५ वर्षमाथिका नागरिकलाई मासिक पाँच हजार भत्ता दिने योजना सरकारले बनाएको बताए । प्रतिनिधिसभामा कांग्रेसलाई जिताए ६५ वर्षपछि वृद्धभत्ता दिने बताउँदै उनले भने ‘संसार भरी यही नियम छ ।’

    प्रधानमन्त्री देउवाले विराटनगरमा पहाडी र तराइ मूलका उम्मेदवार भएका कारण गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘पहाडी मधेशी सबैको देश हो,’ उनले भने,‘ सबैलाई एकैसाथ लिएर जानुपर्ने आवश्यकता छ ।’

    चुनावी सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका निम्ति गठबन्धन आवश्यक भएको बताए । कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धनलाई भोट दिनुपर्ने बताए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    झापामा जङ्गली हात्तीको आक्रमणबाट ६४ जनाको मृत्यु

    १७ चैत्र २०८१, सोमबार

    उजाडिँदै भोजपुरको ऐतिहासिक टक्सार बजार

    २० श्रावण २०८०, शनिबार

    ताप्लेजुङमा ५१ घर उच्च जोखिममा

    ४ असार २०८०, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.