काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का वाग्मती प्रदेश कमिटी सदस्य गङ्गा दाहाललाई स्पष्टीकरण सोधेको छ ।
आयोजले दहाल सँग २४ घण्टे स्पष्टीकरण सोधेको हो ।गङ्गा दहाल पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् ।
गङ्गा दाहालले व्यक्तिगत फेसबुक पेजमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अनुरोधसहितको ‘पोस्ट’ सेयर गरि आचारसंहिताको उल्लङ्घन गरेको आयोगको बुझाइ छ ।