सरला अहिले कक्षा ९ मा पढ्छिन् । पढाइ राम्रो छ । शरीर, रूपरङ पनि सबैले मन पराउँछन् । जीवन कक्षा १० मा पढछन् । उनी पनि कक्षाका राम्रा विद्यार्थी भित्र पर्दछन् । उनीहरूको घर आउनेजाने बाटो एउटै पर्दछ र गाउँ पनि ५ मिनेटको दूरीमा छ । उनीहरू स्कुलमा भेटदा पढाइ लेखाइका कुराहरू गर्दछन् ।
सरलालाई जीवनले नजानेका कुराहरू सिक्न मद्दत गर्दछन् । यसरी उनीहरूको जीवन चलिरहेको हुन्छ । हँुदाहँुदै जीवनलाई सरला मनपर्न थालिसकेकी हुन्छिन् । जीवनलाइ हरेक दिन सरला सँगै नहँुदा कस्तोकस्तो महसुस हुन थालिसकेको छ । तर उसले सरलासँग व्यक्त गर्न सकेका छैनन् ।
एकदिन जीवनले ठूलो साहस जुटाएर सरलालाइ सोध्छन्, रिसाउन्नौ भने भन्छु भन्दै । उनले उनीलाई प्रेम गर्ने कुरा बताउँछन् । सरलालाई पनि त्यस्तै अनुभव भइरहेको हुन्छ । उनीहरूको मनमा एकको समस्या अर्कोको जस्तो महसुस हुन थालेको हुन्छ । लुकाएर खाजा पनि बाँडेर खान थालेका हुन्छन् । यसै बीचमा जीवनले साहस बटुलेर सरलासँग यौन सम्पर्कको प्रस्ताव राख्छन् तर सरला सो प्रस्ताव मान्न हिच्किचाउँछिन् किनभने सरलालाई थाहा छ, महिनावारी शुरू भइसकेको महिलाहरूको पुरुषसँग यौनसम्पर्क भयो भने र पुरुषको शुक्रकीट योनी भित्र नै प¥यो भने गर्भधारण हुन्छ जसले गर्दा धेरै ठूलो समस्या निम्त्याउछ ।
मुख्यकुरा त हाम्रो धर्म र संस्कृतिले विवाह अघि यौन सम्पर्क नगर्नु नै राम्रो ठानेको छ । त्यस्तै एकपटक महिलाले गर्भधारण गरिसकेपछि त्यो विवाहको रूपमा स्वीकारिन्छ । जब विवाह भएर एउटा बच्चा हुनेछ, तब महिलाहरूको पढाइ लेखाइमा पूर्ण विराम लाग्नेछ । व्यवहारिक झन्झटहरूले घेर्नेछ ।
त्यसो त सरलाले विद्यालयमा नजिकको अस्पतालबाट आएर एउटा कक्षा लिएको डाक्टरले भनेको कुरा सम्झिराकी छिन् । डाक्टरले भनेका थिए, यदि प्रेमी पे्रमिकाको बेलामा नै यौनसम्पर्कबाट बच्चा हुन गयो भने र आफूहरूले आफँै कमाएर आफ्नो जीवनयापन गर्न सक्षम नभएसम्म विवाह गरियो र बच्चा भयो भने जीवनपछि सम्मका लागि बर्वाद् हुन्छ । एकपटक पाएको यो अमूल्य जीवनमा आफ्नो भविष्यलाई उज्वल बनाउनेतिर लगाउनु पर्दछ ।
उनीले सम्झन्छिन्, डाक्टरले भनेका कुरा । यसो पनि भनेका थिए, जब किशोर किशोरीहरू १३, १४ वर्षहरूको उमेरमा पुग्छन् । प्रकृतिले नै उनीहरूको मानसिक र शारीरिक अवस्थामा परिवर्तन ल्याइदिन्छ । यसमा विभिन्न किसिमका हर्मोनहरूले काम गरेको हुन्छ । महिलाहरूको रजस्वला शुरू हुने, स्तन बढदै जाने, यौन अङ्ग तथा शरीरका विभिन्न भागमा रौं बढ्दै जाने, स्वर सुरिलो हँुदै जाने, शरीरको पुटठा तथा अन्य भागमा मांसपेशीहरू बढदै जाने, लाज बढदै जाने, विपरीत लिङ्गीप्रति आकर्षण हुने, यौन सम्पर्कको चाहना हुने ।
त्यस्तै किशोरहरूमा पनि लिङ्गको आकार बढदै जाने, जुँगा दाह्री आउने, यौन अङ्गलगायत अन्य भागमा रौंहरू पलाउने, स्वर धोद्रो हुने तथा विपरीत लिङ्गीप्रति आकर्षित हुने र यौन चाहना बढने हुन्छ ।
यी सबै कुरा सम्झेर सरलाले जीवनलाई सम्झाउदै जान्छन् । उनीले भन्छिन्, हरेक मानिसको जीवनमा यो विकासको क्रम एकैनासको हुन्छ । सबै मानिसहरूले यो अवस्थालाई पार गर्नुपर्दछ, त्यसैले हामीलाई पनि त्यस्तै मन लागको हो ।
तिमीसँग म र मसँग तिम्रो आकर्षण हुन्छ । यो हामीलाई प्रकृतिले दिएको उपहार हो । हामीले एक अर्कालाई माया गर्नुहुन्छ । हेरचाह गर्नुहुन्छ । आफ्ना कुराहरू, खानाहरू विचारहरू एक अर्कालाई बताउनु हुन्छ तर हामीले यौवनको आवेगमा आएर यौनसम्पर्क गर्नु हुँदैन । हाम्रा बाआमा हजुरबा हजुरआमा सबैलाई यो बेला आएको थियो तर उनीहरू सम्यमित भएकाले असल जीवन बनाउन सफल हुनुभयो । हामीले पनि हाम्रो जीवन सफल बनाउनलाई सम्यमित हुन सिक्नुपर्छ ।
यदि यस्तो विचार आयो भने हामीले खेलकुद खेल्ने, एक्लै सोचेर नवस्ने, राम्रा कितावहरू पढने, सङ्गीत सुन्ने, गीत सुन्ने, साहित्य लेख्ने÷पढने आदि क्रियाकलापहरू गरेर आफूलाइ रचनात्मक बाटोमा हिँडाउनु पर्दछ ।
सरलाको यो कुरा सुनेपछि जीवनलाई पनि डाक्टरसँग भेटने इच्छा भयो । सरलाले जीवनलाई डाक्टर कहाँ गएर आफ्नो कुरा भन्न सल्लाह दिइन् । जीवनले आफ्ना कुराहरू भने । उनलाई भएको मुख्य जिज्ञासा थियो, यौन सम्पर्क गर्ने इच्छा हुन्छ तर यो नगर्नलाई वैकल्पिक उपाय के छ ? डाक्टरले सरलाले भनेजस्तै जवाफ दिए । जीवनले कहिलेकाही राती निद्रामा वीर्य स्खलन भएको कुरा पनि सुनाए र उनलाई कुनै साथीले के भनेका थिए भने यसो भयो भने कमजोर हुन्छ । यो रोग हो भनेर । तर डाक्टरले उसलाई सम्झाए ।
किशोर अवस्थामा पुगेपछि हर्मोनका कारणले वीर्य सधैँ बनिरहको हुन्छ । यो नियमित प्रक्रियाअनुसार बाहिर आउने हो । यसले शरीरमा केही हानी गर्दैन । त्यस्तै जीवनलाई केही साथीहरूले हस्तमैथुनका बारेमा बताएका थिए । उनलाई भनेका थिए, यो गर्नु हुन्छ तर कमजोर बनाउछ । डाक्टरले भने, यो कसैलाई हानी नपु¥याई यौनचाहनालाई पूरा गर्ने उपायका रूपमा पुरुष या महिलाहरूले प्रयोग गर्दछन् ।
यसले शरिरमा केही हानी गर्दैन, गर्भरहने डर हुदैन, यौनरोगहरू सर्ने डर हुदैन । तापनि यदि आफूलाई खेलकुद, सङ्गीत, साहित्यमा व्यस्त राखेर यो गर्न नपर्ने बनाउन सके झन् राम्रो हुन्छ, यदि गरे पनि यसले केही हानी गर्दैन भनेर डाक्टरले भने । उनले भने यदि यस्ता समस्याहरू मनमा आइरह्यो भने अस्पतालमा आउनु म तपाईंहरू सबैलाइ हानी हुनबाट बँच्न उपायहरू सिकाउने छु ।
यो कुरा सुनेपछि जीवनले यही कुरा अरू साथीहरूलाई पनि सुनाए । सरलालाई गएर भेटेर भने । सरला तिमीले भनेको कुरा मलाई चित्त बुझ्यो । हामीले आफूलाई संयमित राख्नु पर्ने रहेछ । प्रकृतिले दिएको भन्दैमा मन लागको जति कुरा गर्न नहुने रहेछ । हामी जुनबेलासम्म आफ्नो जीवनमा राखेको लक्ष्यसम्म पढाइ÷लेखाइ गरी सक्दैनौ, हामी आर्थिक रूपले आफ्नो खुटटामा आफै उभिन सक्दैनौं । तबसम्म यौनसम्पर्क गर्ने, विवाह गर्ने कुरा गर्नु नहुने रहेछ । बरू अन्य वैकल्पिक उपायहरूले हामीलाई प्रकृतिले दिएको यो उपहारलाई असल ढङ्गले व्यवस्थापन गर्न पर्ने रहेछ ।
अहिलेसम्म उनीहरूले त्यही असल साथी बन्ने वाचा गरेर असल साथीका रूपमा छन् । एक अर्कालाई माया गर्दछन् । सहायता गर्दछन् । दुःख सुखका कुराहरू साटासाट गर्दछन तर एक अर्कालाई संयमित राखेर जीवन राम्रो बनाउने बाटोमा हिँडिरहेका छन् । यदि कुनै सल्लाह चाहिएमा अस्पतालमा गएर डाक्टरलाई भेटने गरेका छन् ।