काठमाडौँ । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्काले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
उनीहरूसँगै रवीन्द्र खड्काले पनि आज ९वैशाख २०० मा कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै कांग्रेस प्रवेश गरेका हुन्।
अभिनेता स्वयंले कांग्रेसमा प्रवेश गरेको पुष्टि गरेका छन्। ‘सबै पार्टीबाट आउन आग्रह थियो,’ उनले भने, ‘तर सबै कुरा विचार गर्दा लोकतान्त्रिक चरित्रलाई आत्मसात् गर्ने पुरानो पार्टी भएको नाताले कांग्रेस ठीक लाग्यो।’
स्थानीय चुनावको घोषणा भएसँगै उनी राप्रपा जाने हल्ला चलेको थियो। पछि उनलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारको रूपमा उठाउन लागेको घोषणा नै गरेको थियो। पछि केसीले सो कुरा निराधार रहेको बताएका थिए।
२०७० सालको चुनावताका भुवन केसी एमाले प्रवेश गरेका थिए। त्यहाँबाट संसदीय चुनावमा सिफारिस भए पनि विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो।