Author: सूचनापाना

हुम्ला । हुम्लामा सातवटा स्थानीय तह छन् । ती सबै गाउँपालिका हुन् । ती स्थानीय तहका कार्यकारी पद अध्यक्ष, उपाअध्यक्ष र वडाध्यक्षको उम्मेदवारमा दलित समुदायको प्रतिनिधित्व शून्य देखिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूले तालमेल गर्दा दलित नेतृत्व सहज रूपमा स्वीकार नगरिएकाले उम्मेदवारी दर्ता शून्य देखिएको हो । जिल्लामा क्रियाशील कुनै पनि दलले दलित अध्यक्ष, उपअध्यक्ष र वडाध्यक्षजस्ता कार्यकारी पदमा टिकट दिएनन् । ताजाकोट गाउँपालिकामा मात्र गठबन्धनबाट वडाध्यक्ष एकजना र स्वतन्त्र एकजना, सिमकोट गाउँपालिका-५ मा एकजना, सर्केगाड गाउँपालिकामा उपध्यक्षमा एकजनाको उम्मेदवारी दर्ता भएको छ । अन्यि ठाउँमा भने दलित समुदायबाट उम्मेदवार शून्य देखिएको छ । माओवादी केन्द्र,…

Read More

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान मेयर अमानसिङ तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिए । उनले उम्मेदवारी छनोट गर्ने सिलसिलामा गरेको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै पुनः नगर प्रमुखको रुपमा नेकपा माओवादी केन्द्रको तर्फबाट स्वतन्त्र उमेरद्धारी दिएका थिए । प्रेस विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारीले पार्टीलाई घाटा हुने सम्भावना देखेपछि आफूले फिर्ता लिएको बताए । ‘आम नगरबासीको चाहना, आम पार्टी नेता कार्यकर्ताको चाहना र शुभेच्छुकहरुको भावनालाई कदर गर्दै माओवादी केन्द्रलाई एक ढिक्का बनाई आगामी निर्वाचनमा जित सुनिश्चित गर्नका लागि मैले मेरो उम्मेद्वारीलाई फिर्ता…

Read More

काठमाडौं – कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा  फेरी ‘हेर्दाहेर्दै’मा राखिएको छ।  सुनुवाइ  नसकिएपछि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेकाे हाे । आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियाेग लागेकाे छ । उनले जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए । २०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।

Read More

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ कर्मचारीसहित ५ जना पक्राउ परेका छन् । विमानस्थल सुरक्षा कार्यालयले हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारीसहित तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विमानस्थलमै काम गर्ने तीन जना कर्मचारी छन् । हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी २७ वर्षीय सुमन तामाङ, २८ वर्षीय भीम कुमार माबो र सुपरभाइजर ३६ वर्षीय ताराकान्त चौधरी पक्राउ परेका हुन् । उनीहरु सुनगाभा कम्पनीका कर्मचारी हुन् । पक्राउ पर्ने अन्यमा २८ वर्षीय राजेश राई र ४१ वर्षीय हेमबहादुर थापा छन् । विमानस्थल प्रहरीका प्रवक्ता एसपी हिमालयकुमार श्रेष्ठका अनुसार बिहीबार दुबईबाट…

Read More

काठमाडाैं । पाँच दलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धनको निर्णयविपरीत गरेका तालमेलले मान्यता नपाउने भएको छ ।  गठबन्धनले यसअघि अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको थियो । तर, ठाउँ ठाउँमा निर्णयविपरीत तालमेल भयो । शुक्रबारको निर्णयले भने त्यस्तो तालमेल खारेज हुने भएको हो । गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादी केन्द्रले एमालेसँग केही जिल्लाको स्थानीय तहमा तालमेल गरेका छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरको आमचोक गाउँपालिकामा एमाले–कांग्रेस तालमेल भएको छ । गुल्मीको धर्कोटमा भने एमाले–माओवादीबीच तालमेल भएको छ । बाग्मती प्रदेशको सिन्धुपाल्चोकस्थित सुनकोसी गाउँपालिकामा पनि एमाले–माओवादी तालमेलको निर्णय बिहीबार भएको…

Read More

काठमाडौं, १६ वैशाख । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा मओवादीका तर्फबाट अध्यक्ष पदका प्रतिस्पर्धी तेन्जेन छेसाङ तामाङले आफ्नो मनोनयन फिर्ता लिएको घोषणा गरेका छन् । उनले विहीबार पार्टी परित्याग गरेको घोषणा गरे र लगत्तै एमालेमा प्रवेश गरेका छन् । उनले विहीबार एक विज्ञप्ति निकाल्दै पार्टी छाडेर एमालेमा प्रवेश गरेको र उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका हुन् । अब गोसाईकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट प्रतिस्पर्धी शुन्य भएको छ । गोसाईकुण्डमा एमाले, कांग्रेस, एकीकृत समाजवादी, राप्रपा, स्वतन्त्र गरी ७ जनाले मनोनयन दर्ता गराएका थिए ।

Read More

काठमाडौं, १६ वैशाख । यहि वैशाख ३० गते हुने स्थानीय तह चुनाबको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज सम्म मात्र मनोनयन फिर्ता लिन सक्नेछन् । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय सिमा तोकेको छ । मनोनयन फिर्ता गर्ने समय सकिए लगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने समेत आयोगले जनाएको छ । आज प्रकाशित नामावलीका उम्मेदरवारहरु प्रतिस्पर्धामा उत्रिनेछन् १७ गते उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

Read More

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भएका छन् । प्राधिरकणले भोलिदेखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघको चेतावनी छ । वायुसेवा कम्पनीहरुले नयाँ स्लट अनुसार उडान गर्न नसक्ने भन्दै संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगत गर्ने समेत संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो । तर, त्यस्तो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताएका…

Read More

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारलाई फकाउन आज बिहानै चितवन पुगे । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडललाई फकाउन गृहमन्त्री खाँण चितवन पुगेका हुन् ।   यसरी उम्मेदवारी दिएको व्यक्तिलाई बहालवाला मन्त्री नै फकाउन पुगेको विषयमा निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त विषय आयोगको नोटिसमा रहेको बताए । ‘गठबन्धन र त्यस सन्दर्भको कुरालाई लिएर र उहाँहरूको हिसावमा उठ्न नपर्ने मान्छेहरू उठिदिनुभयो, अफ्ठ्यारो भयो भन्ने हिसावले मन्त्रीज्यूहरु नै गएको भन्ने जुन कुरा छ । पकै पनि आयोगको ध्यानाकर्षण भएको छ’, सहायक प्रवक्ता अर्यालले भने, ‘पब्लिक पोस्ट…

Read More

काठमाडौं । पालिका चुनावको मतदानको दिन यही वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकार समक्ष निर्वाचन आयोगले आग्रह गरेको छ । चुनावका दिन मतदानका लागि ३० गते शुक्रवार नेपालभरि सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय भएको हो । आज भएको पत्रकार सम्मेलनमा आयोगका सह(प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदानको दिन ३० गते शुक्रवार नेपालभरि सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए। यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न वैशाख २८ देखि ३० गतेसम्म विद्यालयको उपयोग गर्नुपर्ने भएकाले, विद्यार्थीको भौतिक उपस्थिति नगराउन तथा मतदानस्थल तथा मतदान केन्द्र तोकिएका, वडा र स्वास्थ्य चौकीका भवन र…

Read More