Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    २८ असार २०८२, शनिबार

    आज ३३ जिल्लामा बाढीको जोखिम

    २८ असार २०८२, शनिबार

    सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

    २८ असार २०८२, शनिबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » राजमार्ग मर्मतमा ठेकेदारकाे मनाेमानी : काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकियो

    राजमार्ग मर्मतमा ठेकेदारकाे मनाेमानी : काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकियो

    By सूचनापाना१६ बैशाख २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    SuchanaPana.com

    काठमाडौं । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य पुनः रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको हो ।

    पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको हो । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण विगत छ दिनदेखि सडकमै फोहर रोकिएको छ ।

    अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताइन् । उनका अनुसार २०७० सालदेखि सुरु भएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि पटकपटक स्थानीयको विरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ ।

    यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’ राईले भनिन्, ‘त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’ उक्त स्थान भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन स्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाउँदै आएको छ ।

    गत फागुन र चैत महिनामा मात्रै ३२ दिन फोहर व्यवस्थापन हुन सकेको थिएन । वर्षाको समय नजिक आइसकेको र यसरी फोहर व्यवस्थापन हुन नसक्ने हो भने ठूलो समस्या आउने देखिएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

    यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    २८ असार २०८२, शनिबार

    आज ३३ जिल्लामा बाढीको जोखिम

    २८ असार २०८२, शनिबार

    सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

    २८ असार २०८२, शनिबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    पर्सा । पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका–३ शिकारीबास खोलाको कटान रोक्नका लागि तटबन्ध…

    आज ३३ जिल्लामा बाढीको जोखिम

    २८ असार २०८२, शनिबार

    सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

    २८ असार २०८२, शनिबार

    बैतडी जीप दुर्घटना अपडेटः दुई जनाको मृत्यु

    २८ असार २०८२, शनिबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    २८ असार २०८२, शनिबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.