Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मन्थली १ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच चुनाबी तालमेल

    मन्थली १ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच चुनाबी तालमेल

    By सूचनापाना१७ बैशाख २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । मन्थली नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच चुनाबी तालमेल हुने भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेद्वार बनेका श्याम कुमार श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएर कांग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका होम प्रसाद पौडेल (रामहरी)लाई सघाउने गरी दुई पार्टी बीच तालमेल भएको हो ।

    SuchanaPana.com

    तालमेलको सहमती भएसंगै शुक्रबार दिउँसो माओवादीबाट अध्यक्षको उम्मेद्वार बनेका श्याम कुमार श्रेष्ठ, सहित खुल्ला सदस्य मिन प्रसाद घिमिरे र महिला सदस्य कमला पाख्रिनले उम्मेद्वारी फिर्ता लिएका छन् । त्यस्तै कांग्रेसबाट खुल्ला सदस्यको उम्मेद्वार बनेका रत्न बहादुर श्रेष्ठ र दलित महिला सदस्यको उम्मेद्वार मिश्रा रसाइलीले समेत उम्मेद्वारी फिर्ता लिएका छन् ।

    पाँच जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि अब नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेद्वार रहेका होम प्रसाद पौडेल, खुल्ला सदस्यको उम्मेद्वार चन्द्र बहादुर माझी र महिला सदस्य तिज कुमारी भुजेलको मात्रै उम्मेद्वारी कायम रहेको छ । त्यस्तै माओवादीबाट खुल्ला सदस्यमा उम्मेद्वार रहेका युवराज सुवेदी र दलित महिला सदस्य मैया लक्ष्मी सार्कीको उम्मेद्वार कायमै रहेको छ । यसरी कायम रहेका पाँच जना उम्मेद्वारलाई जिताउन दुबै पार्टीले संयुक्त रुपमा मतदान गर्ने सहमति भएको नेपाली कांग्रेसले जनाएको छ ।

    दुई पार्टीको संयुक्त समूहलाई जिताउन दुबै पार्टी लाग्ने नेकपा माओवादी केन्द्र मन्थली नगरपालिका वडा नं १ का अध्यक्ष श्याम कुमार श्रेष्ठले बताए । उनका अनुसार वडामा दुई पार्टी बीच तालमेल भएपनि नगरपालिकामा भने दुबै पार्टीको छुट्टा छुट्टै उम्मेद्वार कायम रहेकाले आ–आफ्नो पार्टीका उम्मेद्वारलाई मतदान गर्ने श्रेष्ठले जानकारी दिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार

    बामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुने

    २७ असार २०८२, शुक्रबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.