रामेछापमा चुनाव प्रचारप्रसारको क्रम बढेको छ । उम्मेद्वारहरू कार्यकर्ताको साथमा घरदैलो अभियानदेखी सामाजिक सञ्जालको प्रयोग गर्दै चुनावी अभियानमा लागेको छ ।
रामेछापमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी,नेकपा एकिकृत समाजवादी,राप्रपा लगायतका अन्य दलहरू पनि चुनाव प्रचारप्रसारमा व्यस्त छन।
अहिले भोट माग्न गरिएको समय खर्च पहिले देखि नै नागरिकहरूका लागि खर्चेको भए राम्रो हुने पत्रकार महासंघ रामेछापका अध्यक्ष बताउछन् । उनि भन्छन् – नागरिकलाई अफ्ठेरो परेको बेला सकेको सहयोग गर्ने र विकासमुखि नेतृत्व चुन्न नागरिकहरूले सिकिसकेकाछन् । यो प्रचार त विधि पुर्याउन गरिएको मात्र हो ।