चितवनको भरतपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह पाएका छन् ।
भरतपुरमा गठबन्धनको साझा उम्मेदवारको रुपमा रेणु दाहाललाई अघि सारेपछि काँग्रेसमा विद्रोह गरेर पौडेलले स्वतन्त्र रुपमा नगर प्रमुखका लागि उम्मेदवारी दिएका थिए ।
गठबन्धनलाई चुनौती दिँदै चितवनका असन्तुष्ट काँग्रेसले उनलाई उम्मेदवारको रुपमा अघि सारेको थियो ।
शनिवार निर्वाचन आयोगले उनलाई भूइँकटहर चुनाव चिन्ह दिएको हो