Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सस्तोमा पानी खुवाउनेलाई भोट

    सस्तोमा पानी खुवाउनेलाई भोट

    By सूचनापाना१७ बैशाख २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । रामेछाप नगरपालिका वडा नं. ७ र ८ का नागरिकहरूले सस्तोमा पानी खुवाउनेलाई स्थानिय तहमा भोट दिने बताएका छन् । रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितिले वितरण गर्दै आएको पानीको महशुल महङ्गो भएको भन्दै उपभोक्ताले भोट चाहिए पानीको महशुल घटाउन आग्रह गरेका हुन् ।
    रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितीले नागरिकलाई वितरण गर्दै आएको खानेपानीको महशुल धेरै महङ्गो भएको गुनासो उपभोक्ताहरूले गर्दै आएका थिए । उपभोक्ता समितिले उपभोक्तालाई परेको मर्काको कुनै वास्ता नगरेकोले अब सस्तोमा पानी अनि मात्रै भोटको विकल्प खोजिएको स्थानिय राजन महतारा बताउँछन् । महतारा भन्छन् – ५ सय लिटर पानी पनि आउँदैन । चर्को महशुल मात्र किन तिर्ने । उपभोक्ता समितिले गरेको लापर्बाहीको मारमा हामी पर्यौँ ।
    अधिकांस उपभोक्ताहरू महंगोमा पानी किनेर खान बाध्य भएको,धारामा पर्याप्त पानी नआएको,पानीको धारा तथा पाईपहरु विग्रदा पनि समितिले समयमै प्राविधिक मर्मत गर्न नआएको जस्ता गुनासो उपभोक्ताहरूको छ । महिनाको ७ सय तिरेर खानेपानी उपभोग गर्दै आएका नागरीकहरुले केहि महिना यता ५ सयमा खानेपानी उपभोग गर्न पाएपनि त्यो रकम पनि निकै महंगो भएको तुलसा कार्की बताउँछिन ।
    सम्भवत नेपालकै महंगो पानी पिउन आफुहरु बाध्य भएको अर्का उपभोक्ता राजु विक्रम बस्नेत बताउछन ।पानीको महशुल घटाउन स्थानिय सरकारले पनि चासो दिनुपर्ने कार्कीको भनाई छ ।
    उपभोत्ता समितीका अध्यक्ष गौतम कुमार श्रेष्ठ भने समितिले लिएको यो शुल्क खासै महङ्गो नभएको बताउँछन् । श्रेष्ठ भन्छन – लिफ्ट प्रविधि मार्फत पानी तान्नुपर्ने भएकाले पनि खानेपानीको पैसा महंगो हुन गएको हो । लिफ्ट मार्फत खोलाको पानी तान्दा विजुलीको बिल धेरै चढ्ने भएकाले पनि बाध्य भएर खानेपानीको महसुल घटाउन सकिदैन। समितीले महिनाको ७ सय रुपैयाँ महसुल दिँदै आएकोमा केहि महिना यता २ सय रुपैयाँ घटाएर अहिले महिनाको ५ सय रुपैयाँ लिँदै आएको छ । समाय समयमा बिग्रने सामान तथा मेसिन फेर्नका लागि पनि केहि पैसा जोहो हरेर राख्नै पर्ने हुन्छ । तर नगरपालिका र वडाले सबै खर्च बेहोर्छ भने हामी बिना महशुल पानि दिन तयार छौँ ।
    यता रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगर उपभोक्ता समितिले पानीको महशुल घटाउनु पर्ने बताउँछन् । उनि भन्छन् – समितिले खानेपानीको रकम तत्काल घटाएर उपभोत्तालाई सहज बनाउनु पर्छ ।
    रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितीले रामेछाप नगरपालिका वडा नं ७ र ८ का नागरीकहरुलाई पिउने पानी दिँदै आएको छ । रामेछापका अन्य स्थानका नागरिकहरू पनि लिफ्ट खानेपानीका कारण चर्को मुल्य तिर्न बाध्य छन ।

    SuchanaPana.com

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.