Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सस्तोमा पानी खुवाउनेलाई भोट

    सस्तोमा पानी खुवाउनेलाई भोट

    By सूचनापाना१७ बैशाख २०७९, शनिबार

    रामेछाप । रामेछाप नगरपालिका वडा नं. ७ र ८ का नागरिकहरूले सस्तोमा पानी खुवाउनेलाई स्थानिय तहमा भोट दिने बताएका छन् । रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितिले वितरण गर्दै आएको पानीको महशुल महङ्गो भएको भन्दै उपभोक्ताले भोट चाहिए पानीको महशुल घटाउन आग्रह गरेका हुन् ।
    रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितीले नागरिकलाई वितरण गर्दै आएको खानेपानीको महशुल धेरै महङ्गो भएको गुनासो उपभोक्ताहरूले गर्दै आएका थिए । उपभोक्ता समितिले उपभोक्तालाई परेको मर्काको कुनै वास्ता नगरेकोले अब सस्तोमा पानी अनि मात्रै भोटको विकल्प खोजिएको स्थानिय राजन महतारा बताउँछन् । महतारा भन्छन् – ५ सय लिटर पानी पनि आउँदैन । चर्को महशुल मात्र किन तिर्ने । उपभोक्ता समितिले गरेको लापर्बाहीको मारमा हामी पर्यौँ ।
    अधिकांस उपभोक्ताहरू महंगोमा पानी किनेर खान बाध्य भएको,धारामा पर्याप्त पानी नआएको,पानीको धारा तथा पाईपहरु विग्रदा पनि समितिले समयमै प्राविधिक मर्मत गर्न नआएको जस्ता गुनासो उपभोक्ताहरूको छ । महिनाको ७ सय तिरेर खानेपानी उपभोग गर्दै आएका नागरीकहरुले केहि महिना यता ५ सयमा खानेपानी उपभोग गर्न पाएपनि त्यो रकम पनि निकै महंगो भएको तुलसा कार्की बताउँछिन ।
    सम्भवत नेपालकै महंगो पानी पिउन आफुहरु बाध्य भएको अर्का उपभोक्ता राजु विक्रम बस्नेत बताउछन ।पानीको महशुल घटाउन स्थानिय सरकारले पनि चासो दिनुपर्ने कार्कीको भनाई छ ।
    उपभोत्ता समितीका अध्यक्ष गौतम कुमार श्रेष्ठ भने समितिले लिएको यो शुल्क खासै महङ्गो नभएको बताउँछन् । श्रेष्ठ भन्छन – लिफ्ट प्रविधि मार्फत पानी तान्नुपर्ने भएकाले पनि खानेपानीको पैसा महंगो हुन गएको हो । लिफ्ट मार्फत खोलाको पानी तान्दा विजुलीको बिल धेरै चढ्ने भएकाले पनि बाध्य भएर खानेपानीको महसुल घटाउन सकिदैन। समितीले महिनाको ७ सय रुपैयाँ महसुल दिँदै आएकोमा केहि महिना यता २ सय रुपैयाँ घटाएर अहिले महिनाको ५ सय रुपैयाँ लिँदै आएको छ । समाय समयमा बिग्रने सामान तथा मेसिन फेर्नका लागि पनि केहि पैसा जोहो हरेर राख्नै पर्ने हुन्छ । तर नगरपालिका र वडाले सबै खर्च बेहोर्छ भने हामी बिना महशुल पानि दिन तयार छौँ ।
    यता रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगर उपभोक्ता समितिले पानीको महशुल घटाउनु पर्ने बताउँछन् । उनि भन्छन् – समितिले खानेपानीको रकम तत्काल घटाएर उपभोत्तालाई सहज बनाउनु पर्छ ।
    रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितीले रामेछाप नगरपालिका वडा नं ७ र ८ का नागरीकहरुलाई पिउने पानी दिँदै आएको छ । रामेछापका अन्य स्थानका नागरिकहरू पनि लिफ्ट खानेपानीका कारण चर्को मुल्य तिर्न बाध्य छन ।

    SuchanaPana.com

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.