Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मातृ–शिशु स्वास्थ्यमा प्रयोग हुने औषधी खरिदमा मनपरी

    मातृ–शिशु स्वास्थ्यमा प्रयोग हुने औषधी खरिदमा मनपरी

    By सूचनापाना१७ बैशाख २०७९, शनिबार

    रामेछाप । स्थानिय तहहरूले मनपरि औषधी खरिद गर्दै अनियमितता गर्दै आएको पाईएको छ । सरकारले निःशुल्क रुपमा दिदै आएको मातृ–शिशु स्वास्थ्यमा प्रयोग हुने जीवनरक्षक औषधीहरू महङ्गो तथा फरक–फरक मूल्यमा खरिद गर्दै स्थानिय तहले अनियमितता गर्दै आएका छन् ।
    त्यी औषधि मध्ये मिसोप्रोस्टोल, अक्सिटोसिन र म्याग्नेसियम सल्फेट खरिद गर्दा स्थानिय तह अन्तर्गतका स्वास्थ्य शाखाका कर्मचारीहरुले आफूखुसी बढि मूल्यमा खरिद गरेका छन् । प्रदेश सरकारले खरिद गर्दा अक्सिटोसिन इन्जेक्सन ९ रुपैयाँ प्रति गोटा, म्याग्नेसिमय सल्फेट इन्जेक्सन १५ रुपैयाँ प्रति गोटा र मिसोप्रोस्टोल चक्की ३ रुपैयाँ ७५ पैसा प्रति चक्की मूल्यमा खरिद गर्दै आए पनि रामेछापको स्थानियतहहरूले भने चर्को मुल्यमा खरिद गरेको देखाएका छन् ।
    यता रामेछाप नगरपालिकाले अक्सिटोसिन इन्जेक्सन गोटाको १२ रुपैयाँ ७५ पैसा मूल्यमा २ सय ५० पिस र म्याग्नेसियम सल्फेट इन्जेक्सन गोटाको ३५ रुपैयाँको दरले १ सय २० वटा टेण्डर विना नै सिधै खरिद गरेको रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु कार्की बताउँछन । स्वास्थ्य शाखा प्रमुख कार्की भनाईलाई आधार मान्ने हो भने र प्रदेश सरकारले खरिद गरेको मुल्यलाई हेर्ने हो भने सिधासिधा घोटाला गरेको देखिन्छ ।

    SuchanaPana.com

    त्यसैगरी उमाकुण्ड गाउँपालिकाले म्याग्नेसिमय सल्फेट इन्जेक्सन प्रति गोटा १२ रुपैयाँ र अक्सोटोसिन इन्जेक्सन गोटाको ३२ रुपैयाँका दरले खरिद गरेको जनाएको छ । सुनापति गाउँपालिकाले अक्सिटोसिन इन्जेक्सन गोटाको २९ रुपैयाँको दरले खरिद गरेको सुनापति गाउँपालिकका स्वास्थ्य शाखा प्रमुख अर्जुन श्रेष्ठ बताउँछन ।
    रामेछाप जिल्लामा भएका ८ वटा स्थानिय तहहरु मध्ये मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, दोरम्वा गाउँपालिका, गोकुलगंगा गाउँपालिका र खाँडादेवी गाउँपालिका भने खरिद विवरण दिन समय लाग्ने भन्दै आलटाल गरेर बसेका छन ।

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.