रामेछाप । खाँडादेवी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेको छ ।गठबन्धन विच चुनावी तालमेल नसके पछि काऊग्रेस र माओबादीले छुट्टाछुट्टै उम्मेदवारी दिएको थियो ।
तर पुनः १६ गते कांग्रेस र माओवादी केन्द्र बिच चुनावी तालमेल गरेर अगी बढ्ने निर्णय भएको छ ।
कांग्रेस बाट अध्यक्षको उम्मेरदवारलाई माओवादीले सर्मथन गर्ने र माओवादीको उम्मेदवारलाई कांग्रेसले सहयोग गर्ने गरी चुनावी तालमेल भएको नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधी रत्तनहरी ढुङ्गेलले जानकारी दिए ।
कांग्रेसबाट अध्यक्षको उम्मेदवारी दिएका नवराज थोकर र माओवादीबाट उपाध्यक्षका उम्मेदवार मान बहादुर लामाले हस्ताक्षर गरेको सहमतिमा निर्वाचनमा दुवै पार्टीले साझा उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाइएको छ । शुक्रबार भएको सहमति अनुसार गठबन्धनको चाहना र भावना अनुसार चुनाव जिताउने गरी दुवै पार्टीले आफ्ना कार्यकर्तालाई परिचालन गरिने उल्लेख गरिएको छ ।
त्यस्तै गरी दोरम्बा शैलुङ्ग गाउँपालिकामा पनी चुनावी तालमेल भएको छ । नेकपा माओवादी केन्द्रले अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष लिने गरी सहमती भएको हो । माओवादी केन्द्र बाट अध्यक्षको उम्मेदवारी दिएका मैन कुमार मुक्तानलाई नेपाली कांग्रेसले सहयोग गर्ने र नेपाली कांग्रेस बाट उपाध्यक्षको उम्मेदवारी दिएका खमला मगरलाई माओवादी केन्द्रले सहयोग गर्ने गरी सहमती भएको माओवादी बाट अध्यक्षको उम्मेदवारी दिएका माओबादी केन्द्रका अध्यक्ष मैन कुमार मुक्तान मदनले जानकारी दिए ।