Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » निर्वाचनमा होमिन बुद्धिजीवीहरूलाई उपाध्यक्ष पौडेलको आग्रह

    निर्वाचनमा होमिन बुद्धिजीवीहरूलाई उपाध्यक्ष पौडेलको आग्रह

    By सूचनापाना१७ बैशाख २०७९, शनिबार

    बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनमा होमिन बुद्धिजीवीहरूलाई आग्रह गरेका छन् । बुद्धिजीवी र पेशागत क्षेत्रको निर्देशनलाई जनताले सहज रुपमा मान्ने भन्दै मतदातालाई गोलबन्द गर्न आग्रह गरे ।
    एमाले बुद्धिजीवी तथा पेशागत उपसमितिले शनिवार बिहान बुटवलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पौडेलले आइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई जिताउने गरी खटिन लाग्न निर्देशन दिए । उनले ‘न्युट्रल’ मतदातालाई ‘कन्भिन्स’ गर्न बुद्धिजीवीहरूको ठूलो भूमिका हुने बताए ।

    SuchanaPana.com

    ‘अब निर्वाचन आउन धेरै दिन बाँकी छैन, सम्पूर्ण आफ्ना व्यक्तिगत कामलाई थाती राखेर निर्वाचनमा सबै उम्मेदवारहरूलाई जिताउन लाग्नुहोस्,’ उपाध्यक्ष पौडेलले भने, ‘आजदेखि मतगणना शुरू नहुँदासम्म तपाईंहरू लागे मतदाताहरू ‘कन्भिन्स’ हुन्छन् । पार्टी सबै उम्मेदवार जिताउने प्रमुख दायित्व पेशागत र बुद्धिजीवी क्षेत्रका साथीहरूमा छ ।’ पौडेलले बुटवलमा राष्ट्रिय जनमुक्ति पार्टीसँग पनि चुनावी तालमेल भएको भन्दै मतदाता शिक्षा आवश्यक रहेको समेत बताए ।

    ‘एमालेका उम्मेदवारसँगै जनमुक्ति पार्टीका उम्मेदवारहरू कहाँ–कहा उम्मेदवार हुनुहुन्छ त्यसको जानकारी मतदातालाई आवश्यक छ,’ उनले भने, ‘एमालेका उम्मेदवारको भन्दा जनमुक्तिका उम्मेदवारको कम भोट आए मान्य हुने छैन ।’ बुटवलमा निर्माणाधीन ठूला विकासका पूर्वाधारहरू सम्पन्न भए यहाँको विकास लगभग सकिने समेत बताए । उनले एमाले जनप्रतिनिधि निर्वाचित भएपछि शासक होइन सेवक बनेर काम गर्दै जनता र सरोकारका विषयमा काम गर्दै आएको बताए ।

    एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले नगरको विकास र भिजन एमालेसँग मात्र रहेको बताए । नगरलाई नयाँ पहिचान समृद्ध बुटवलको नारा एमालेले मात्र पूरा गर्न सक्ने बताए ।राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला सदस्य थर्क बहादुर बाह्रघरेले तालमेलले एमाले र जनमुक्तिको जित सुनिश्चित रहेको बताए ।

    पेशागत तथा बुद्धिजीवी परिचालन समितिका संयोजक खगराज शर्माको अध्यक्षता एमाले लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य इन्दिरा अर्यालको स्वागत तथा पेशागत तथा बुद्धिजीवी परिचालन समितिका सह–संयोजक रमेश पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

    ३ माघ २०७९, मंगलवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.