ओखलढुंगा:माम्खामा आफ्नै साथीको कुटाईबाट एक छात्र गम्भिर घाईते भएका छन् । मंगलबार आज एसइईको परिक्षा सकेर फर्किने क्रममा साथीको कुटाईबाट महेश्वर मावि भदौरेका परिक्षार्थी गोपाल आलेमगर गम्भिर घाईते भएका हुन् ।
उनलाई आफ्नै साथीले परिक्षामा सार्न नदिएको भन्दै मरणासन्न हुनेगरी कुटपिट गरेको माम्खा माविका प्रधानाध्यापक गेट प्रसाद अधिकारीले जानकारी दिए । साथीको कुटाईबाट गम्भिर घाईते भएका विद्यार्थी उपचारका लागी ओखलढुंगा सामुदायीक अस्पताल ल्याईएको छ ।
घटना बिहानको भएपनि बिद्यालय प्रशासनले ढिला गरेर थाहा पाएको प्रध्यानध्यापक अधिकारीको भनाई छ। कुटपिटमा सहभागी ४ जना बिद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । घटनाको बारेमा जानकारी आउनसाथ प्रहरीे टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानकारी दिए ।
घटनको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।