काठमाडौं । आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यू भएको छ ।
प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् ।मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यू भएको प्रहरी स्रोतले पुष्टि गर्यो । अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ढले । उनको ‘अन द स्पट डेथ’ भएको छ ।
यसैगरि, ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यू भएको प्रहरी स्रोतले बतायो । तर यसको स्वतन्न पुष्टि भएको छैन ।
प्रदर्शनमा झडप हुँदा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ ७० बढी घाइते भएको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।
घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार हुँदैछ । सिभिल अस्पतालमा ५२ जनाको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा १० जना प्रदर्शनकारी उपचाररत छन् । प्रदर्शनमा १५ जना सुरक्षाकर्मी घाइते भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
