Author: सूचनापाना

काठमाडौँ । गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन् । काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेकोे गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो । घाइतेमध्ये १७ जनाको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको अन्यत्र रिफर गरिएको छ । डिएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार बस सडकबाट करिब चार मिटर तल खसेको छ । उक्त अस्पतालका मेडिकल अधिकृत डा अमरेश कुमार मण्डलका अनुसार घाइतेमध्ये अवस्था सामान्य रहेका १७ जनाको उपचार भइरहेको छ । खुट्टा फ्याक्चर भएका, टाउकोमा चोट लागेकासहितका गम्भीर घाइतेलाई अरुघाटबाट अन्यत्र रिफर गरिएको…

Read More

काठमाडौं । लगातारको वर्षा र बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने १ सय ५८ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । सडक विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन ठप्प भएको हो । कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अवरुद्ध सडक तत्काल खुलाउनका लागि निर्देशन दिइसकेका छन् । बाढीपहिरोका कारण अवरुद्ध भएका सडक सञ्चालन गरेर आवतजावत सहज बनाउन निर्देशन दिएका हुन् । आइतबार सिंहको अध्यक्षतामा बसेको बैठकमा उनले सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या भएको भन्दै तत्कालै सडक सञ्चालन गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिएका छन् । चाँडोभन्दा चाँडो सडक सञ्चालन…

Read More

काठमाडौं । सेयर बजारमा दोेहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १२.०३ अंकले बढेर परिसूचक २७६१.८६ बिन्दु कायम भएको छ । ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा अन्य बाहेक सबै समूहको उपसूचक बढेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ । आज लगानीकर्ताको आकर्षण बैंकिङ क्षेत्रमा बढेको छ । कारोबारमा सबै बैंकको मूल्य बढेको छ । कारोबारमा १४३ कम्पनीको मूल्य बढेको छ भने १०६ कम्पनीको मूल्य घटेको छ ।

Read More

काठमाडौं । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो । बोर्डको तथ्यांक अनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट ७ हजार ५३३ अर्थात ८।५, अमेरिकाबँट ६ हजार ६८ अर्थात ६‍।८ प्रतिशत, श्रीलंकाबाट ५ लाख ९५६ अर्थात ६।७ प्रतिशत र बंगलादेशबाट ४ हजार २६२ अर्थात् ४।८ प्रतिशत पर्यटक भित्रिएका छन् । सन् २०२५ को जनवरीदेखि अगस्तसम्म ८ महिनाको अवधिमा सात लाद ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । बोर्डले…

Read More

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । सोमबारको बजारमा चाँदी २ हजार ४ सय ७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आतबारको बजारमा २ हजार ४ सय २५ रुपैयाँमा कारोबार…

Read More

कञ्चनपुर । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन्। यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताए। त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लाका १५ घर डुबावनमा परेका छन्। उनका अनुसार भीमदत्त नगरपालिका–११ स्थित भुजेलामा पनि पाँच घर डुबानमा परेका छन्। ‘दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन्, उहाँहरूलाई नजिककैको विद्यालयमा…

Read More

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण आज विहान आएको पहिरोले एक गोठमा क्षति पुर्याएको छ । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित लप्से–आहालमा आइतबार बिहान ४ः४५ बजे माथिबाट आएको पहिरोले स्थानीय तिर्थबहादुर श्रेष्ठको गोठ पुरिएको हो । पहिरोले गोठसँगै एउटा भैँसी, पाडा र भाडाकुडा पनि पुरिएको श्रेष्ठले बताए । वर्षाका कारण सामान्य ठाउँमा जमिन चिरा परेर आएकोे पहिरोले गोठ छेउमै रहेको घर जोगाउन अब मुस्किल पर्ने उनी बताउँछन् । पहिरोले तिर्थबहादुरका साथै अक्कल बहादुर श्रेष्ठ र गोकर्ण बहादुर श्रेष्ठको घरपनि जोखिममा परेको छ ।

Read More

म्याग्दी । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्केमा रैथाने बाली प्रशोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ। गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा झिँका कृषक समूहले टोड्के हिल रिसोर्ट तथा होमस्टेमा कोदोलगायत रैथाने बालीको प्रशोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेका हुन्। परम्परागत जौँ, उवा, कोदो र फापरको पिठोबाट बिस्कुट बनाउने उद्योगको परिक्षण सफल भएको रघुगङ्गा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताए। ‘गाउँपालिकाले उपलब्ध गराएको उपकरण जडान गरेर परिक्षणका लागि कोदोको बिस्कुट उत्पादन भएको छ,’ उनले भने, ‘अर्को चरणमा फापर, जौ र उवाको पनि बिस्कुट बनाउने तयारी छ।’ कोदो,…

Read More

म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा खेलमैदान निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मै सीमित भएको छ। खेलमैदान निर्माणका लागि विसं २०७८ मा तयार पारिएको रु चार करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कार्यान्वयन हुन नसकेको हो। आर्थिक स्रोतको अभावमा डिपिआर तयार पारेको चार वर्षसम्म पनि योजना कार्यान्वयन सुरु गर्न नसकेको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताए। ‘११ ए साइडको फुटबल खेल सञ्चालन गर्न सकिने क्षेत्रफलको खेलमैदानमा पूर्वाधार निर्माणका लागि प्रदेश र सङ्घीय सरकारमा योजना प्रस्ताव गरे पनि प्राथमिकतामा परेको छैन,’ उनले भने,’स्थानीय तहसँग पर्याप्त आर्थिक स्रोत छैन। प्रदेश र सङ्घीय सरकारबाट साथ नपाउँदा सुविधायुक्त र व्यवस्थित खेलमैदान…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि दशैंमा सुकिला नोट मात्रै साट्ने भएको छ । एकपटक बजारमा गएर बैंकिङ प्रणालीमा फर्किएको पर्याप्त नोट प्रयोगमा नआउने र नयाँ नोट साट्ने गर्दा प्रयोगमा आएका सुकिला नोट बढ्दै गएपछि केन्द्रीय बैंकले सुकिला नोट नै साट्ने व्यवस्था मिलाउने भएको हो । ‘सर्वसाधारणलाई यस वर्षको दशैंमा नयाँ नोट नभएर सुकिला नोट नै सटही गर्न व्यवस्था मिलाउँछौं,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कर्याकारी निर्देशक रामु पौडेले भने, ‘५ रुपैयाँ दरको नोट भने नयाँ नोट नै साट्न पाइनेछ ।’ सुकिला नोट दशैंमा मात्रै नभएर अघिपछि गए पनि साट्न पाइने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । विगतमा…

Read More