Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ । अबदेखि ठूलो अण्डाको भाउ प्रतिगोटा २३ रुपैयाँ पर्नेछ । यसैगरी जोडीको ४५ रुपैयाँ पर्नेछ । प्रतिबाक्सा होलसेल मूल्य ४ हजार रुपैयाँ तथा खुद्रा मूल्य ४ हजार १ सय ५० रुपैयाँ पर्ने बताइएको छ । चाडपर्वको मुखमा अण्डाको भाउ बढेको हो । अबदेखि ठूलो अण्डाको प्रतिक्यारोट मूल्य ९३० वटा० ५ सय ४५ रुपैयाँ र मझौता अण्डाको ५ सय ३० रुपैयाँ पर्नेछ । नेपालमा अण्डाको दैनिक उत्पादन ४० लाखभन्दा बढी हुने गरेपनि अहिले २२ लाखको हाराहारीमा झरेको छ । यसअघि गत असार २० गते अण्डाको भाउ बढाइएको थियो ।
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई अन्तरराष्ट्रिय वित्तीय निगरानी निकाय ‘फाइनान्सियल एक्सन टास्कफोर्स’ (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट छिटो बाहिर ल्याउन सरकारले गम्भीर प्रयास गरिरहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले ‘ग्रे लिस्ट’मा पर्नु मुलुकका लागि आर्थिक, वित्तीय र कूटनीतिक दृष्टिले हानिकारक भएको स्वीकार गर्दै तत्काल सुधारात्मक कार्ययोजना बनाएर कार्यान्वयनमा लगिएको बताए। “कुनै पनि कारणले मुलुक ग्रे लिष्टमा पर्नु आर्थिक, वित्तीय एवं प्रतिष्ठाको दृष्टिकोणले उचित होइन । सरकार यो विषयमा स्पष्ट छ र यथासक्य छिटो त्यसबाट बाहिर निस्कन सुधारात्मक कार्ययोजना बनाएर २०८२ सालदेखि लागू गरिसकेको छ”, उनले भने । अर्थमन्त्री पौडेलका अनुसार…
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनीविरूद्ध ५ करोड ७९ लाख ६२ हजार ४४० रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनले निमित्त कार्यालय प्रमुख रहँदा विभिन्न व्यक्तिहरूलाई प्रभावमा पारेर सार्वजनिक जग्गाहरू व्यक्तिको नाममा गरेको अख्तियारको आरोप छ । अख्तियारका अनुसार २०५३ असार १३ गतेदेखि ०८१ असार १६ गतेसम्म रहँदा उनको व्यक्तिगत कारोबार मात्रै १४ करोड ८३ लाख ५७ हजार ८८४ रूपैयाँ देखिएको छ । त्यसबाट ९ करोड ३ लाख ९५ हजार ४४४ रूपैयाँमा वैध आय आर्जन गरेको देखिएको अख्तियारको सहायक प्रवक्ता…
दाङ । खोटो बेचेर वन समूहले १८ लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । जिल्लाका चार समुदायिक वनले १८ लाख ३७ हजार ६ सय ५७ रुपैयाँ आम्दानी गरेका हुन् । डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार २ सय ५६ किलो खोटो बेचेर उक्त रकम आम्दानी भएको हो । खोटो तार्पिन र रङ बनाउन प्रयोग गरिन्छ । यो खोटो बाँके र कपिलवस्तुका उद्योगले खरिद गर्दै आएका छन् । आर्थिक वर्ष २०८०८१ को तुलनामा आव २०८१/८२ मा एक लाख ९६ हजार ७५६ किलो कम खोटो संकलन भएको छ । आव २०८०/८१ मा जिल्लाका सातवटा सामुदायिक वन समूहबाट दुई…
काठमाडौं । सामाजिक सञ्जाल सात दिन भित्र दर्ता नभए सरकारले बन्द गर्ने भएको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिइ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय गरेको छ । बैठकले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणका लागि सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनःसक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ । सरकारले…
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब बढी रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह एक खर्ब ८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रहेको थियो । समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५…
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव शून्य छ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिए पनि गैरखाद्य वस्तुमा भन्दा दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य बढेको देखिएको हो। राष्ट्र बैंकका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १० दशमलव ७१, घ्यू तथा तेलको आठ दशमलव ७२, दाल तथा गेडागुडीको सात दशमलव ९० र खाद्य तथा खाद्यजन्य पदार्थको छ दशमलव १३ प्रतिशतले बढेको छ। मरमसला उपसमूहको मूल्य सूचकाङ्क दुई दशमलव ६२ प्रतिशत र…
काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक तथा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिकको वार्षिक तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकमा सुधार हुँदै गएको देखिएको हो। प्रतिवेदनअनुसार गत आथिक वर्षमा सरकारको चालु खाता चार खर्ब नौ अर्ब २० करोडले बचतमा रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा चालु खाता दुई खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो। गत आर्थिक वर्षमा शोधनान्तर स्थिति पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ। आव २०८०/८१ मा शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा थियो। गत आर्थिक…
आजको समयमा शिक्षा क्षेत्र चुनौतीपूर्ण बन्दै गएको छ। विद्यार्थीलाई मात्र होइन, शिक्षक स्वयंले पनि मानसिक, शारीरिक र भावनात्मक रूपमा स्वस्थ रहनुपर्ने आवश्यकता झन् बढ्दै गएको छ। धेरैले भन्ने गर्नुहुन्छ– योग त विद्यार्थीलाई चाहिने कुरा हो तर बिद्यार्थी गर्दै गर्दैनन् ,एकाग्रता नै छैन बिद्याथीमा ,तर वास्तविकता के भने शिक्षकलाई अझ बढी योगकाे आवश्यकता देख्छु म किनभने विद्यार्थीलाई ज्ञान दिने शिक्षक स्वयं स्वस्थ, सन्तुलित र ऊर्जावान नभएसम्म शिक्षण प्रक्रिया प्रभावकारी बन्न सक्दैन। शिक्षकनै तनाबमा भएसी बिद्यार्थीलाई के दिन सक्छ उसले ? त्यसैले शिक्षा क्षेत्रलाई सुधार्न शिक्षकलाई याेगकाे जरूरी छ । किनभने :१.मानसिक सन्तुलन र तनाव व्यवस्थापनशिक्षकको जिम्मेवारी सामान्य हदैन् । पाठ योजना…
घोराही (दाङ)। पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको सङ्ख्या घट्दै गएको छ । नयाँ पुस्तामा सारङ्गी बाजाप्रति रुचि नभएका कारण यसको सङ्ख्या घट्दै गएको हो । गाउँमा सारङ्गी बाजा बजाउने मानिस नहुँदा बनाएका सारङ्गी बिक्रीमा पनि समस्या भइरहेको घोराही उपमहानगरपालिका–११ नयाँ बस्ती निवासी डाइवर गन्धर्व बताउँछन्। करिब तीन दशक बढी समयदेखि सारङ्गी बाजा बनाउँदै आएका डाइवर पछिल्लो समय आफ्नो पेसा सङ्कटमा परेको बताउँछन्। सारङ्गी बजाउने मानिस कम हुँदै जाँदा बिक्री पनि हुन छाडेको भन्दै उनले भने, “पहिले सारङ्गी बिक्ने हुँदा राम्रै आम्दानी हुन्थ्यो, तर अहिले सारङ्गी बिक्नै छाडिसकेको छ । बनाउने काममात्र होइन, अब त कोठामा सजाएर राख्ने…