Author: सूचनापाना

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म हिमालयन बैंकले १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २२.१४ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९९ प्रतिशतले घटेर १० अर्ब ४५ करोड ६६ लाख ९० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा भने ८८.४१ प्रतिशतले बढेर ५ अर्ब ४३ करोड ६४ लाख ९२ हजार रहेको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ७ अर्ब…

Read More

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवको चौथो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी सामान्य बढेर १६ अर्ब ३२ करोड ७२ लाख, खुद शुल्क तथा कमिसन आम्दानी ५.३८ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ६१ लाख, कुल सञ्चालन आम्दानी ३.४० प्रतिशतले बढेर २१ अर्ब ५१ लाख र सञ्चालन नाफा २५.४४ प्रतिशत बढेर १० अर्ब ८४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । यस…

Read More

काठमाडौँ । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादित थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यसअघि अनुमति प्राप्त ८१०।९ मेवामा थप २०० मेगावाट निर्यात गर्न सहमति दिएको छ । अब नेपालबाट यसअघि अनुमति प्राप्त ८१०।९ मेवामा र थप २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०।९ मेगावाट पुगेको छ । बङ्गलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्वीकृति १०५०।९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । पछिल्लो पटक श्रावण २६ गते भारत सरकारबाट प्राप्त स्वीकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि रहेको छ । यस अन्तर्गत लिखु–२, लिखु…

Read More

साउन २७, काठमाडौं । नेपाल पर्यटन यातायात व्यवसायी संघको २२औं साधारण सभा तथा ११औं महाधिवेशनको अवसरमा भिम बहादुर गोले तामाङको नेतृत्वमा प्यानलसहित उम्मेदवारी घोषणा गरिएको छ। नेश्नल टुर्स भेहिकल सर्भिस प्रा.लि.का सञ्चालक तथा संस्थापक सचिवदेखि उपाध्यक्षसम्मको अनुभव बोकेका गोलेले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। गोलेको प्यानलमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारका रूपमा ड्राईभ एडभेन्चर प्रा.लि.का सञ्चालक तथा वर्तमान उपाध्यक्ष विनोद तामाङ, उपाध्यक्षमा आर के एस भेहिकल सर्भिस प्रा.लि.का सञ्चालक तथा वर्तमान कोषाध्यक्ष राम कुमार वस्नेत, महासचिवमा हेल्पफुल भेहिकल सर्भिस प्रा.लि.का सञ्चालक तथा निवर्तमान सचिव भरत प्रसाद तिमिल्सिना, सचिवमा टाईगर ट्राभल एण्ड टुर्स प्रा.लि.का सञ्चालक तथा वर्तमान सदस्य टेक…

Read More

रक्षाबन्धन -बिशेषगरी हिन्दू धर्ममा मनाइने एक महत्वपूर्ण पर्व हो। यो पर्व दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, स्नेह र सुरक्षाको सम्बन्धलाई झल्काउँछ।सामान्यतया ‘रक्षा’ भन्नाले सुरक्षा र ‘बन्धन’ भन्नाले बन्धन वा नाता भन्ने बुझिन्छ। यसैले रक्षाबन्धनको अर्थ हुन्छ – सुरक्षाको बन्धन।यो पर्व विशेष गरेर साउन महिनाको पूर्णिमाको दिन मनाइन्छ । रक्षाबन्धनको दिन दिदी वा बहिनीहरूले आफ्ना दाजुभाइलाई राखी बाँध्ने परम्परा चलिआएको छ। राखी एक प्रकारको रंगीन धागो वा डोरो हो जुन प्रेम श्रद्भाब र आशिर्वादसहित बाँधिन्छ। राखी बाँधेर दिदिबहिनीहरूले दाजुलाई मिठाई खुवाउँने, टीका लगाउने र उनीहरूको दीर्घायु, सुख र समृद्धिको कामना गर्ने गरिन्छ । त्यसैगरी दाजुभाईले पनि बहिनिहरूलाई उपहार सहित जीवनभर सुरक्षा गर्ने…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी गम्भीर त्रुटि हुँदासमेत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पद नत्यागेकोप्रति आक्रोश व्यक्त गरेका छन्। आइतबार विराटनगरमा आयोजित गुराँस पुस्तकालयको स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै डा. कोइरालाले खतिवडाले विवादास्पद विधेयकमा हस्ताक्षर गरेकाले नैतिक जिम्मेवारीस्वरूप तत्काल राजीनामा दिनुपर्नेमा नदिएको बताए। ‘नैतिकता छैन भने राजनीति नगरे हुन्छ,’ उनले भने, ‘राज्य व्यवस्था समितिको सभापति छाड्दैमा राजनीति सकिँदैन।’ उनले वर्तमान सरकारमाथि पनि प्रश्न उठाउँदै कांग्रेस सत्ता साझेदार भए पनि सरकार जवाफदेही, पारदर्शी र जनउत्तरदायी बन्न नसकेको टिप्पणी गरे। डा कोइरालाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता संकुचित पार्न खोजिएकोप्रति…

Read More

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अगष्ट ९ लाई जोड दिदै सप्ताहव्यापी ३१औं विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले यो वर्ष “प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गरंं” भन्ने मूल नारा सहित ३१औं विश्व आदिवासी दिवस मनाउन लागेको हो । सो अवसरका नेफिनले जातिय भेषभुषा र झाँकी सहित पाँच हजारको बृहत ¥याली निकाल्ने भएको छ ।आइतवार नेफिनले पत्रकार सम्मेलनको आयोजना गर्दै अगष्ट ९ अर्थात श्रावण २४ गतेदेखि श्रावण २८ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना हुने जानकारी दिएको…

Read More

हेटौँडा । बागमती प्रदेशको राजनीतिमा बहुप्रतीक्षित परिवर्तनको संकेत दिँदै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका रूपमा बहादुरसिंह लामाको युगको अन्त्य भएको छ। लामो समयदेखि विवाद र असहमतिका बीचमा नेतृत्व सम्हालिरहेका लामा अब दलको नेताबाट बाहिरिएका छन्, र उनको स्थान लिने सम्भावना सांसद ईन्द्रबहादुर बानियाँमा देखिएको छ, जसले हालै दलभित्र विश्वासको मत प्राप्त गरेका छन्। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा आन्तरिक मतभेद चुलिंदै जाँदा अन्ततः विश्वासको मत प्रक्रियामार्फत नेतृत्व परिवर्तन सुनिश्चित भएको हो। बानियाँको पक्षमा २२ जना सांसदले स्पष्ट समर्थन जनाएका छन्। ती सांसदहरूमा शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला…

Read More

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न आएका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । आज (सोमबार) दिउँसो मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना बढी तीर्थयात्री बसेको बेला विवाद भइ झडप भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । घटनास्थल पुगेका जिल्ला प्रहरी सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार झगडाका क्रममा चक्कु प्रहार हुँदा एक तीर्थयात्रीको मृत्यु भएको जानकारी दिए । मृतकको पहिचान खुलिसकेको छैन । शव पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ । तीर्थयात्रीहरूमध्ये केहीले कराउँदै झगडा गरेको स्थानीयले जनाएका छन् । स्थानीय आइरहेको थाहा पाएपछि चक्कु प्रहार गर्नेहरू जंगलतर्फ भागेका…

Read More

काठमाडौँ । रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा रहेको समृद्ध पर्यटन सम्भावनाबारे काठमाडौँमा एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आइतबार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजित उक्त कार्यक्रममा पर्यटन विकासका विविध पक्षमा बहस तथा सुझाव आदानप्रदान गरिएको थियो।कार्यक्रमको आयोजना सुनापति गाउँपालिकाले गरेको हो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री कान्छाराम तामाङदेखि लिएर विभिन्न राजनीतिक दलका नेताहरु, स्थानीय जनप्रतिनिधि, संस्कृतिकर्मी, ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीदेखि लिएर प्रदेश सांसदहरू समेत सहभागी थिए। पूर्वमन्त्री तामाङले सुनापति क्षेत्रको भूगोल, मौलिक संस्कृति र वातावरणीय विविधता पर्यटनको दृष्टिकोणबाट अत्यन्त आकर्षक रहेको बताउँदै यसलाई समुचित योजना र पूर्वाधारमार्फत प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “सुनापतिबाट गाल्पासम्म कालोपत्रे सडक विस्तार…

Read More