Author: सूचनापाना

काठमाडौँ । रसुवा बाढीका कारण चिनियाँ भूमिमै रोकिन पुगेका चालकहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याईने भएको छ। धादिङ चालक संघले बुधबार दिएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले बाढीका कारण चिनियाँ भूमिमै रोकिन पुगेका चालकहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको बताएका हुन्। संघका अध्यक्ष नारायण पन्तले गृहमन्त्री लेखकलाई रसुवा बाढीका कारण चिनियाँ भूमिमा केही दिनदेखि चालकहरु अड्किएको र घर फर्किन नसकेको बताएका थिए। यसले उनीहरुको परिवार चिन्तित रहेकोले तत्काल उद्धार पहल गर्न आग्रह गरेका थिए। गृहमन्त्री लेखकका अनुसार परराष्ट्र मन्त्रालयसँगको समन्वयमा नेपाल ल्याउने तयारी भइरहेको छ। अध्यक्ष पन्तका अनुसार गृहमन्त्री लेखकलाई चिनियाँ भूमिमा अलपत्र १३५ जनाको नामसूची दिइएको छ।…

Read More

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञानआर्जन गर्न प्रयोग गर्ने ‘पछै’ जिल्ला सदरमुकाम बेनी बजारबाट उत्तर पश्चिमतर्फको डाँडामा अवस्थित छ । ढलोट धातुको २१ फिट अग्लो रावणको मूर्तिमा १० वटा टाउको, जनै राख्ने र सरसफाइ गर्नेबाहेक सबै काम सकिएको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले करिब ९४ प्रतिशत भौतिक प्रगति भएको रावण पार्क आगामी असोजमा सम्पन्न गर्ने लक्ष्यसहित ठेक्काको म्याद थप गरिएको जानकारी दिए । ‘चार रोपनी क्षेत्रफलमा निर्मित पार्कमा घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माण, स्लेट बिछ्याउने, दुवो रोपेर संरचना तयार गरिएको छ’, उनले भने, ‘ऋषिमुनि मन्दिर, हवन…

Read More

विराटनगर । सहकारीबाट लिएको ऋणको तिर्ने भनेर कर्मचारीलाई घरमा बोलाई दुर्व्यवहार गर्नेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ऋणको भाखा नाघेपछि घरमा बोलाएर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत दुई कर्मचारीलाई जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । संस्थाको मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि गालीगलौज, हातपात र जुत्ताको माला लगाउने मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीय दुर्गामाया लिम्बु र ३३ वर्षीय माया मगरविरुद्ध पक्राउ पुर्जी जारी भएको मोरङ प्रहरीले जनाएको छ । मगरले जुत्ताको माला लगाएकी थिइन् भने दुर्गामायाले भिडियो खिचेकी थिइन् । सो भिडियो सामाजिक सञ्जालमा राखिएको भए पनि…

Read More

काठमाडौं । घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले तनाव सहन नसकेर पदबाट राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । उनले आफूमाथि छानबिन गर्न पनि आग्रह गरेका छन् । आज ९मंगलबार० बिहान राजीनामा दिएपछि गुप्ताले तीन दिनदेखिको तनावका कारण राजीनामा दिएको बताएका हुन् । ‘राजनीतिक यात्रा लामो छ, भर्खर म ५३ वर्षको भएँ । अहिले केन्द्रीय कमिटी सदस्य छु, पार्टीमा अझ राजनीति गर्न बाँकी छ,’ गुप्ताले भने, ‘यसबीचमा मेरोबारे तथानाम आरोप लागेपछि तनाव सहन नसकेर राजीनामा दिएको हुँ ।’ गुप्ताले आफूले कसैसँग घुस नलिएको दाबीसहित छानबिनका लागि आग्रह गरेका छन् । ‘मलाई कसले घुस दियो…

Read More

खोटाङ । खोटाङको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर निधन भएको छ । गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते इन्द्रालाई उपचारमा लैजाने तयारी गर्दागर्दै मृत्यु भएको फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यले जानकारी दिए । घटनाका बारेमा जानकारी आउनासाथ जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

Read More

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३औं सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत गरिएको हो। कुलपति ओलीले विश्वविद्यालयको आर्थिक स्थितिलाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा गर्न निर्देन दिए। साथै आव २०८१/८२ को नियमानुसार लेखा परीक्षण गराउन पनि उनले निर्देशन दिए।

Read More

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट र अति विशिष्ट व्यक्तिहरूका लागि छुट्टै डेस्क स्थापना गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भीआईपी र भीभीआईपीका लागि छुट्टै डेस्कको व्यवस्था गरिएको जनाएको छ। कार्यालयले यस्ता व्यक्तिहरूको आगमन र प्रस्थानलाई सरल बनाउनका लागि छुट्टै डेस्क स्थापना गरिएको बताएको छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी आगमन तथा प्रस्थान गर्नु हुने विशिष्ट एवं अति विशिष्ट महानुभावहरूको आगमन तथा प्रस्थान प्रक्रिया सरल, सहज, शीघ्र एवं सुविधायुक्त पार्नका लागि यस कार्यालयले छुट्टै भीआईपी÷भीभीआईपी डेस्कको व्यवस्था गरेको व्यहोरा सम्बन्धित सम्पूर्णमा अवगत गराइन्छ,’ कार्यालयको सूचनामा उल्लेख छ। भीआईपी-भीभीआईपी डेस्क प्रयोग गरी आगमन तथा प्रस्थान गर्ने व्यक्तिहरू अनिवार्यरूपमा…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरको १७ औं नगरसभामा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि बजेट पेस गरेकी हुन् । चालु आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बजेट ल्याएको थियो । महानगरले चालु आर्थिक वर्ष १० अर्ब ९ करोड रुपैयाँ राजस्व उठाएको छ । महानगरको राजस्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरेको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन) को अध्यक्षमा शुक्रबार बसेको बैठकले सीमा निर्धारण गरेको हो । उनले…

Read More

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सदनमा प्रस्तुत भएको संघीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको विषयमा छानबिन गर्न गठित विशेष समितिको संयोजक पदलाई सभापतिमा परिणत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले उक्त अध्ययन समितिमा सभापति रहने सहमति दिएको हो । सभामुख देवराज घिमिरेले समिति गठन भएको दिनबाटै लागू हुनेगरी संयोजक पदलाई सभापति काम गरिएको बताए । संघीय निजामती सेवा विधेयक, २०८० माथिको राज्यव्यवस्था समितिको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्नका लागि यही असार २३ गते प्रतिनिधिसभाद्वारा विशेष समिति गठन भएको थियो । प्रतिनिधिसभाद्वारा गठित उक्त विशेष समितिको संयोजक तोकिएकामा सदनभित्रै त्यसको विरोध…

Read More

काठमाडौं । क्यान्सर उपचारका अत्यावश्यक औषधिहरू हस्तान्तरण गरिएको छ । आइतवार बिहान स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा सात करोड मल्य पर्ने क्यासरको औषधि हस्तान्तरण गरिएको हो । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग तथा ‘वान हार्ट वल्र्डवाइड’ को समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल ल्याइएको थियो । ती औषधि तथा स्वास्थ्य सामग्रीहरु असार २७ गते शुक्रबार नेपाल आईपुगेका थिए । अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषूधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो खेपको औषधि नेपाल आइपुगेको छ । डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधी…

Read More