Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » तनावले गर्दा हार्टअट्याक नै होला जस्तो भएपछि पदबाट राजीनामा दिएको हुँ : मन्त्री गुप्ता

    तनावले गर्दा हार्टअट्याक नै होला जस्तो भएपछि पदबाट राजीनामा दिएको हुँ : मन्त्री गुप्ता

    By सूचनापाना३१ असार २०८२, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले तनाव सहन नसकेर पदबाट राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । उनले आफूमाथि छानबिन गर्न पनि आग्रह गरेका छन् ।

    SuchanaPana.com

    आज ९मंगलबार० बिहान राजीनामा दिएपछि गुप्ताले तीन दिनदेखिको तनावका कारण राजीनामा दिएको बताएका हुन् । ‘राजनीतिक यात्रा लामो छ, भर्खर म ५३ वर्षको भएँ । अहिले केन्द्रीय कमिटी सदस्य छु, पार्टीमा अझ राजनीति गर्न बाँकी छ,’ गुप्ताले भने, ‘यसबीचमा मेरोबारे तथानाम आरोप लागेपछि तनाव सहन नसकेर राजीनामा दिएको हुँ ।’ गुप्ताले आफूले कसैसँग घुस नलिएको दाबीसहित छानबिनका लागि आग्रह गरेका छन् । ‘मलाई कसले घुस दियो थाहा छैन, राज्यका सम्बन्धित निकायले छानबिन गरोस् र यथार्थ बाहिर ल्याओस्,’ गुप्ताले भने, ‘दोषी देखिए कारबाही भोग्नका लागि तयार छु ।’

    गुप्ताले आफूले राम्रो काम गरिरहेको बेला कसैलाई चित्त नबुझेर षड्यन्त्र गरेको हुनसक्ने दाबी गरे । ‘मलाइ धेरै तनाव भयो, यो तनाव कति सहनु भनेर राजीनामा दिए’ उनले भने । गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि नभई स्वेच्छाले राजीनामा दिएको बताए । ‘बालुवाटार गएको थिएँ, प्रधानमन्त्रीसँग भेट हुन सकेन । उहाँको स्वकीय सचिवलाई राजीनामा बुझाएर बाहिरिएँ,’ गुप्ताले भने । तर टेलिफोन गरेर उनलाई जानकारी गराएको र त्यस क्रममा प्रधानमन्त्री ओलीले अहिले रोकिनु भनेको गुप्ताको भनाइ छ ।

    ‘प्रधानमन्त्री बालुवाटारमै अर्को कार्यक्रममा हुनुहुन्थ्यो त्यही भएर मैले उहाँको सचिवालयमा राजीनामा बुझाएँ । सचिवालयमा राजीनमा बुझाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर जानकारी गराएँ’, उनले भने । गुप्ताले भने, ‘हैन, रुक्नु, रुक्नु भन्नु भो, मैले होइन हजुर म यति तनाव, यति पीडा सहँदैन हजुर, मैले राजीनामा बुझाएँ, गएँ ।’ गुप्ताले तनावले गर्दा हार्टअट्याक नै होला जस्तो भएपछि मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

    ‘कति तनाव सहने बाफ रे बाफ १ तीन दिनदेखि टीभी हेर्न पाएको छैन, मोबाइल चलाउँदा त्यत्तिकै तनाव, हत्तेरिका, यस्तो पनि हुन्छ १ मेरा कुरा कसैले नलेख्ने १ बाफ रे बाफ यति झन्झट’ मान्छेलाई हार्टअट्याक हुन्छ, म आफै गएर पीएमलाई दिएँ । मलाई बस्न मन लागेन हजुर, छानबिन होस् मेरो पनि राजनीतिक करियर छ नि त। आरोप लागेर कुर्सीमा बस्नु धेरै तनाव भयो।’ गुप्ता २०८१ असार ३१ गते सामान्य प्रशासन मन्त्री बनेका थिए । पर्सा ३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित गुप्तालाई एमालेले मन्त्री बनाएको थियो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.