Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडाैं । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुई सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला दुई हजार दुई सय २० रूपैयाँमा मूल्यमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो…
कञ्चनपुर । कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीय कमला दमाई (आउजी)को सर्पदंशबाट मृत्यु भएको छ। महिनावारी (रजस्वाला) भएका समयमा घरको आँगनमै रहेको गोठमा सुत्न गएका बेला उनलाई बायाँ गालामा शुक्रबार सर्पले डसेको थियो। तत्काल उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा दमाईको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। कमलाका तीन स-साना बालबालिका छन्। मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन्। दमाईको बस्नका लागि पक्की घर भए पनि महिनावारी भएपछि सुत्नका लागि घरको आँगनमै बनाइएको गोठमै जाने गरेको स्थानीय बासिन्दाको भनाइ छ। स्थानीयका अनुसार कमला महिला दुई महिनाअघिमात्र भारतबाट घर आइपुगेकी…
विराटनगर । मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ बाँसबारीकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घर नजिकको खेतमा पानी लगाउन गएका बेला बिहान ३ बजेतिर हात्तीले अमिनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीले आक्रमण गर्दा अमिना गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बिहान ८ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । बन्दनाले भने भागेर ज्यान जोगाएकी छन् । स्थानीयले होहल्ला गर्न थालेपछि हात्ती जंगलतिर…
म्याग्दी । रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्भरताको अभियानमा जुटेका छन् । गाउँबाट बसाइँ नै सरेर नवलपरासी पुगेका पुर्जाले आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारमा पटक–पटक प्रयास गर्दा पनि सफलता नमिलेपछि उनले गाउँ फर्किएर माटोमै पसिना बगाएर आत्मनिर्भर बन्ने योजना बनाएका थिए । गाउँ छाडेको ३५ वर्षसम्म नवलपरासीमा बसेर जीविकोपार्जन गरेका पुर्जा विगत चार वर्षदेखि भने आफ्नो जन्मगाउँ काफलडाँडा फर्किएका थिए । गाउँ फर्किएर पुर्जाले आधुनिक कृषि खेतीलाई पेसाका रूपमा अघि बढाएका छन् । डेमरकटेरा टोलमा उनको तरकारी…
पाँचथर । बाढी, पहिरोको विपदले दुःख दिइरहने मेची राजगमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पेनस्टक पाइपमार्फत डाइभर्सन गरी वर्षाभर यातायात सञ्चालन गरिने भएको छ । सडक डिभिजन इलामले ३.५ मिटर उचाइ भएको एकथान र २.२ मिटर उचाइका ३ थान गरी जम्मा ४ थान पेनस्टक पाइपमार्फत पानी कटाएर सवारी र ढुवानीका साधनलाई खोला वारपार गराउने तयारी गरेको हो । तेस्रो पटक निर्माणाधीन मोडुलर ब्रिज जडानकै क्रममा भाँचिएपछि विकल्पमा पेनस्टक पाइपबाट डाइभर्सन गरिएको हो । पेनस्टक राखेर बनाइएको डाइभर्सनबाट आइतबारदेखि सवारी आवागमन गराउने तयारी छ । चारवटा पाइपबाट प्रति सेकेन्ड ७८ घनमिटरका दरले पानी सहजै पार हुने डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिएका छन् ।…
पर्सा । पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका–३ शिकारीबास खोलाको कटान रोक्नका लागि तटबन्ध निर्माण अघि बढाइने भएको छ । खोलाको बहाव बढेर पुरानो शिकारीबास बस्ती कटान गर्न थालेपछि खोलामा तारजाली र बोरासहित तटबन्ध निर्माण गरेर कटान रोक्न लागिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका योजना प्रमुख एवं इञ्जिनियर राकेश साहले ठोरीको शिकारीबासमा डुवान र कटानको जोखिम बढेकाले कटान क्षेत्रमा रु १० मा तटबन्धसहित झालीको व्यवस्था गर्न लागिएको जानकारी दिए । ‘शिकारी खोलाको कटानले बस्तीमा असर पार्न थालेकाले तटबन्ध गर्न लागेका हौँ’, उनले भने, ‘करिब रु १० लाख खर्र्चेर बस्ती जोगाउन यो पहल थालेका हौँ ।’ उनका…
काठमाडौं । देशका केही नदी तथा खोलामा आज (शनिबार) पनि बाढीको सम्भावना छ । सात वटै प्रदेशका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिन जस्तै आज (शनिबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाब सतर्कता तहभन्दा तलै छ । जिल्लाका हिसाबले भने आज बारा, पर्सा, रौतहट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेपलान्चोक, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई…
चितवन । एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन्। गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन्। दुवै बस अहिलेसम्म भेटिएको छैन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए। तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना…
दरशथचन्द (बैतडी) । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । जीपमा सवार अन्य छ जना घाइते भएका छन् । डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते…
बागलुङ । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास (होमस्टे) खासगरी हिमशृंखला अवलोकन गर्न र ग्रामीण जीवनशैलीको अनुभूति गर्न पर्यटक भकुण्डे पुग्ने गर्छन्। बागलुङ नगरपालिका-१० मा पर्ने उक्त घरबासमा गत जेठ अन्तिम सातासम्म आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै थियो तर वर्षाका कारण सडक बिग्रिँदा यति बेला ती घरबास सुनसान भएका छन्। घरबासमा पाहुना आउन छोडेपछि स्थानीय बारीको काममा व्यस्त छन्। भकुण्डे गाउँका स्थानीयले १५ घरमा घरबास सञ्चालन गरेका छन्। हिउँदको समयमा सडक यात्रा सहज हुँदा पर्यटकको चहलपहल बढ्ने तर बर्खाको करिब चार महिना ठप्प हुने घरबास सञ्चालक यमबहादुर थापाले बताए। व्यावसायिक रूपमा सञ्चालन गरेको घरबासमा बाह्रै महिना…