Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » हेवाखोलामा ‘पेनस्टक पाइप’ राखेर सवारी वारपार गराइँदै

    हेवाखोलामा ‘पेनस्टक पाइप’ राखेर सवारी वारपार गराइँदै

    By सूचनापाना२९ असार २०८२, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    पाँचथर । बाढी, पहिरोको विपदले दुःख दिइरहने मेची राजगमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पेनस्टक पाइपमार्फत डाइभर्सन गरी वर्षाभर यातायात सञ्चालन गरिने भएको छ ।

    SuchanaPana.com

    सडक डिभिजन इलामले ३.५ मिटर उचाइ भएको एकथान र २.२ मिटर उचाइका ३ थान गरी जम्मा ४ थान पेनस्टक पाइपमार्फत पानी कटाएर सवारी र ढुवानीका साधनलाई खोला वारपार गराउने तयारी गरेको हो । तेस्रो पटक निर्माणाधीन मोडुलर ब्रिज जडानकै क्रममा भाँचिएपछि विकल्पमा पेनस्टक पाइपबाट डाइभर्सन गरिएको हो ।

    पेनस्टक राखेर बनाइएको डाइभर्सनबाट आइतबारदेखि सवारी आवागमन गराउने तयारी छ । चारवटा पाइपबाट प्रति सेकेन्ड ७८ घनमिटरका दरले पानी सहजै पार हुने डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिएका छन् ।

    पुल नभएर सवारी आवागमन अनिश्चित हुँदा ताप्लेजुङ र पाँचथरको याङवरक हिलिहाङ र फालेलुङ गाउँ पालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित भएपछि यस्तो विकल्प खोजिएको हो । यहाँ राख्ने पेनस्टक पाइप ताप्लेजुङका तीनवटा हाइड्रो पावरले उपलब्ध गराएका हुन् ।

    ‘ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको विशेष समन्वयमा हाइड्रो पावर सञ्चालकहरुबाट पेनस्टक पाइप उपलब्ध भएसँगै स्ट्र्रक्चर निर्माणको काम सुरु गरिएको हो,’ डिभिजन प्रमुख भट्टराईले भने । भट्टराईका अनुसार यो विधिबाट डाइभर्सन गर्न करिब पाँच लाख रुपैयाँ खर्च भएको छ । पेनस्टकबाट ठूलो परिमाणमा पानी कट्ने भएकाले ठूल्ठूला ढुंगामुढा बगेर नआएसम्म समस्या झेल्नु नपर्ने प्राविधिकहरुको अनुमान छ । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सीमाना छुट्याएर बग्ने हेवाखोलामा पहिलो पटक २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि जडान गरिएको बेलिब्रिज २०८१ असोज १२ को बाढीले बगाएपछि तेस्रो पटक जडान गरिएको मोडुलर ब्रिज २०८२ जेठ ३१ गते भाँचिएपछि यस्तो विकल्प खोजिएको हो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.