Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलनका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले सरकारसँग सहमति भएपछि भने आज मूल्यसूची निर्धारण गरेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ पुगेको छ । असार १९ मा भने चाँदीको मूल्य २ हजार १७० रुपैयाँ कायम थियो । यस आधारमा आज…
चितवन । जिल्लाका २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका सात पालिकामा रहेका एक लाख २८ हजार ६६५ जनसङ्ख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ । बाढीका कारण सबैभन्दा बढी राप्ती नगरपालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्याङ्कले देखाएको छ । यस्तै, भरतपुर महानगरपालिकामा छ हजार ६३५ घरका ३३ हजार १७५, माडी नगरपालिकाका तीन हजार ९४६ घरका १९ हजार ७३० जना, रत्ननगर नगरपालिकाका दुई हजार ३८१ घरका ११ हजार ९०५ जना प्रभावित बन्ने प्रारम्भिक तथ्याङ्कले देखाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै, कालिका नगरपालिकाका एक…
काठमाडौँ । नेपाल प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, काठमाडौँ महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन् । उनीहरूको साथबाट प्रहरीले रु एक लाख २५ हजार नगदसमेत बरामद गरेको छ । उनीहरूले काठमाडौँ कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाई राखेको अवस्थामा सो परिमाणको गाँजा राखेको र बिक्री वितरण गरेको प्रहरीको भनाइ छ । चोरी तथा डाँका मुद्दामा संलग्न दुई जना पक्राउ नेपाल प्रहरीले चोरी तथा डाँका मुद्दामा संलग्न दुई जनलाई पक्राउ गरी आवश्यक कारबाहीका…
टीकापुर । कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो । बाइस वर्षअघि उनका पिताले थालेको सागसब्जी खेतीलाई उनले व्यावसायिक रूपमा अघि बढाएका छन् । रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई खेतीमा हौसला मात्र होइन व्यावसायिक बन्न सघाएको छ । आयोजनाको सहयोग पाएका किसान खेतीमा प्रविधि र नयाँ सीप सिकेर व्यावसायिक बनेका छन् । सागसब्जी खेतीमा भविष्य र कमाइ देखेर व्यावसायिक खेती गरिरहेका खप्तड पशुपन्छी तथा कृषि फार्मका सञ्चालक नारायणलाई सिँचाइ आयोजनाको सहयोगले पेसामा टिकिरहन सहज बनाइदिएको छ । उनले तीन बिघामा गोलभेँडा, आलु र लहरे सागसब्जी लगाएका छन् । “ तीस…
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। गभर्नर डा. विश्व पौडेलले आफ्नो पहिलो मौद्रिक नीतिका तयारी पूरा गरेका छन् । केही बेरपछि बैंक सञ्चालनक समिति बैठक बस्न लागेको बैंकका सहायक सूचना अधिकारी डा. सञ्जयप्रसाद मिश्रले जानकारी दिए। हिजो पनि समितिको बैठक बसेको थियो । हिजो मौद्रिक नीतिको भूमिकामा छलफल भएकोमा आज थप नीतिगत व्यवस्थाहरुमा छलफल हुनेछ। समितिले नीति स्वीकृत गरे आजै दिउँसो सार्वजनिक गर्ने गभर्नर पौडेलको तयारी छ । यसपटक बजेटसँग समेत तादम्य हुनेगरी उदार मौद्रिक नीति ल्याउने तयारी छ । न्यून ब्याजदर हुँदा पनि कर्जाको माग बढ्न नसक्दा…
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, वाग्मती, गण्डकी र कर्णालीका एकदुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा…
गुल्मी । कालीगण्डकी गाउँपालिका- ६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । त्यो क्रम रोकिएको छैन । अवरुद्ध सडक खोल्न प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बिहीबारको बैठकले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५’ लाई हालको सन्दर्भअनुसार यथाशीघ्र परिमार्जन गरी कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । समिति सभापति अब्दुल खाँनले ऐन बनेको लामो समयपछि कार्यान्वयनमा ल्याउँदा त्यसको सान्दर्भिकता परिवर्तन भएको बताउँदै ऐनमा नुनको सहज र सर्वसुलभ आपूर्ति सुनिश्चित गर्न आवश्यक सबैपक्ष नसमेटिएको बताए । उनले भने, ‘यो ऐनले विगतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भइरहेको आयोडिनयुक्त नुनको आपूर्ति, ढुवानी र वितरणलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा राखेको छ । तर मन्त्रालयहरूबीच कार्यविभाजन अस्पष्ट भएकाले ऐन परिमार्जन आवश्यक देखिएको छ ।’ बैठकले ‘आयोडिनयुक्त नुन…
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीन सरकारसँग पनि समन्वय गर्नुपर्ने धारणा राखेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मनसुनजन्य विपद्को लागि पूर्वतयारी र व्यवस्थापनसम्बन्धी, २०८२ का सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री खड्काले नेपालका अधिकाशं नदी चीनबाट बहने भएकाले बाढीपहिरोबाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग सहकार्य आवश्यक रहेको बताएका हुन् । “पानी परेको देखिँदैन, ताल फुटेको देखिँदैन तर रसुवाको भोटेकोशीमा एक्कासी ठूलो बाढी आएको छ, मौसम विभागमा ‘साइरन सिस्टम’ जडान भएको भए समयमै सूचना थाहा पाउन र क्षति न्यूनीकरण गर्न सकिन्थ्यो,” उनले भने । मन्त्रालयमा डाटा र प्रविधि आवश्यक रहेको…
रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा । मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब ३ घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। तस्बिर : कुलदीप न्यौपाने र रासस