Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५र५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए । उक्त शव गत मङ्गलबार रसुवामा आएको बाढीले बेपत्ता पारेको व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विष्फोटबाटै गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएकोे छ । विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । ‘रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करीब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहदेखि करिब ५१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ । हिम नदीको करिब बीच भूभागमा विकास भएको सुप्राग्लेशियल ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ’, उनले भने, ‘उक्त हिमतालको क्षेत्रफल करिब ०.६०…
गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी लिइरहेका छन् । सिंचाइका अभावमा बाँझिएका बारीहरुमा यतिबेला उखु खेतीले ढपक्कै बनेका छन् । छत्रकोट –४, दिगामका कृषक रामकृष्ण न्यौपानेलाई यतिबेला त्यही उखुबाट निस्किएको रसबाट गुड र खुदो उत्पादन गरेर बिक्री गर्न भ्याइनभ्याई छ । बिहान उज्यालो हुनासाथ बेलुकी अबेरसम्म पनि उनको परिवार गुड र खुदो उत्पादन गर्नमा ब्यस्त देखिन्छन् । गुड र खुदो बिक्री गरेर पाँच महिनाका अवधिमा न्यौपानेले झण्डै एक करोड रुपैयाँको कारोबार गरिसकेका छन् । गाउँबाट धेरै युवाहरु रोजगारीको खोजीमा भौतारी रहेको अबस्थामा छत्रकोट –४, दिगामका युवाहरु रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डे यतिबेला…
दमौली (तनहुँ) । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ । गाउँपालिकाले पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न साझेदारी गरी ग्रामीण सौन्दर्यीकरण तथा उज्यालो बन्दीपुर र ढुङ्गा छपनीको कार्यक्रमलाई अगाडि बढाउन लागेको हो । गाउँपालिकाले एसियाको ठूलो दाबी गरिएको सिद्धगुफा, पातलद्वार गुफा, शङ्खे गुफालगायत गुफाको संरक्षण र प्रवर्द्धन गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । उनले भने, “बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यस्थल हो । पर्यटकीय क्षेत्र भएकाले हामीले पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम…
तनहुँ : मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ बमोजिम जिल्लामा ६६ हजार तीन सय ५० जना प्रभावित हुने अनुमान गरिएको हो। यस वर्षको मनसुनबाट प्रभावित हुने जनसङ्ख्या मुलुकभर १२ लाख ५० हजार अनुमान गरिएकामध्ये गण्डकी प्रदेशमा ६५ हजार छ सय ९९ परिवारका दुई लाख ८७ हजार एक सय प्रभावित हुने आँकलन गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। मनसुनजन्य जोखिमको हिसाबले गण्डकी प्रदेशमा तनहुँलाई पहिलो जोखिमयुक्त जिल्लाका रूपमा राखिएको उनको भनाइ छ। मनसुनजन्य विपद्बाट हुनसक्ने…
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २६ जिल्लामा बाढीको जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले बुलेटिन जारी गर्दै काठमाडौं उपत्यकासहित विभिन्न २६ जिल्लामा बाढीको उच्च तथा मध्यम जोखिम रहेको जानकारी दिएको हो । आज डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । साथै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालिकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब पनि आज उल्लेख्य बढ्ने र आकस्मिक बाढीको…
रोल्पा । तीन दिनदेखि सम्पर्कविहीन रहेका थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सात जना कर्मचारी सम्पर्कमा आएका छन् । उनीहरूले बिहीबार बिहान गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरेर आफूहरू गुल्मीको दुर्गम गाउँमा रहेको जानकारी दिएका हुन् । उनीहरु सबै सकुसल रहेको थबाङ फर्कँदै गरेको जानकारी गराएको अध्यक्ष बुढामगरले बताए । थबाङ गाउँपालिकाका यी कर्मचारी यही असार २४ गते रुकुम पूर्वतिर कामको सिलसिलामा निस्किएपछि टेलिकमको नेटवर्क नहुँदा परिवार तथा कार्यालयसँग सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खापासटे शिवकुमार वली र…
आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् २०६७ साल असार महिना हुँदो हो । एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो । त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो । ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै ताण्डव मच्चायो । त्यसको एक साक्षी हुन्, अस्मिन राउत । ‘त्यो घटना वास्तवमै कहालीलाग्दो थियो । हुन त त्यस्ता कैयौँ त्रासदीपूर्ण रातहरू भोग्नुपर्यो हाम्रो बस्तीले, ती घटना सम्झिँदा पनि नरमाइलो लाग्छ’, उनले भने । डकैतीका शृङ्खलाबद्ध घटना, गाउँमा भय । प्रहरीलाई खबर गरे पनि समयमै नपुग्ने । लहान बजारबाट यहाँ प्रहरी आउँदासम्म डाँकाहरू कुलेलम ठोकिसकेका हुन्थे । २०६७ सालको असार महिनामको त्यो…
तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवानास्वरुप रु तीन करोड २१ लाख ९० हजार ६ सय राजस्व सङ्कलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७८/०७९ देखि चालु आवको जेठ मसान्तसम्मकोे हो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यका अनुसार ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ सेवन, निर्धारित भाडाभन्दा बढी असुली, निजी सवारीसाधनलाई भाडाका गाडीले यात्री ओसारपसार गरेझै रकम असुलीलगायत गैरकानुनी काम गरेकाहरूबाट उक्त रकम जरिवानस्वरुप सङ्कलन भएको हो । तीन वर्षमा यहाँ २४३ सवारी दुर्घटना भएकामा १२४ जनाले ज्यान गुमाएका तथा ८३ जना घाइते भएका थिए । जीर्ण सडक, चालकको लापरवाही,तीव्र गति र…
काठमाडौँ । सङ्घीय संसद्का सांसद र अर्थतन्त्रका जानकारले आगामी मौद्रिक नीति वैदेशिक लगानी आकर्षण, अर्थतन्त्र चलायमान, लगानीको वातावरण सिर्जना र आर्थिक अनुशासन कायम गर्ने खालेको हुनपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका विषयमा उनीहरूले उत्पादन र रोजागारी बढाउने क्षेत्रमा कर्जा वृद्धिको व्यवस्था लागु गर्न सुझाव दिए। बैठकमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले घरजग्गाको धितो बाहेक परियोजना कर्जा सहज रूपमा दिने व्यवस्था गर्न सुझाव दिए। उनले कुल कर्जाको हाल ६५ प्रतिशत ऋण घरजग्गा धितोमा दिइएकाले त्यसमा पुनःविचार गर्न सल्लाह दिए । बैंकिङ क्षेत्रको साधन–सोत सार्वजिक सम्पत्ति भएकाले हाल रु…