काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २६ जिल्लामा बाढीको जोखिम रहेको जानकारी दिएको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै काठमाडौं उपत्यकासहित विभिन्न २६ जिल्लामा बाढीको उच्च तथा मध्यम जोखिम रहेको जानकारी दिएको हो ।
आज डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ ।
साथै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालिकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब पनि आज उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ ।
ती २६ जिल्लालाई पहेँलो रङ अर्थात एल्लो अलर्टमा राख्दै महाशाखाले ती जिल्लाका खोला तथा नदी तटीय क्षेत्रमा हुनसक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।


