Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिनथलीस्थित खहरे खोलामा गेग्रानसहितको बाढी आएपछि बिपी राजमार्ग पूर्णअवरूद्ध बनेको छ । उक्त खण्डमा बुधबार बिहानपख लेदोसहितको बाढी आएपछि काभ्रेतर्फ जाने सम्पूर्ण सवारी साधनलाई होल्डमा राखिएको सिन्धुली प्रहरीले जानकारी दिएको छ। उक्त सडक अहिले सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
मुस्ताङ । उपल्लो (अप्पर) मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधीन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले सूचना संम्प्रेषण गरेको छ । यसैगरी बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बाढीले बगाएर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको…
बलेवा । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ । बुधबार बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गङ्गा आचार्यले बताए । गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताए । बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैञ्युथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ । पैञ्युथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीय आचार्यले बताए । बाढीबाट खोला किनारमा लगाइएको धानबाली क्षति भएको छ ।
काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आज काठमाडौंमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो । मोर्चाले रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज राति भारी वर्षाको सम्भावना रहेकाले भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। प्रशासनले मंगलबार एक सूचना जारी गर्दै छिमेकी राष्ट्र चीनको तिब्बतस्थित न्यालम क्षेत्रमा भइरहेको वर्षा आज राति थप बढ्न सक्ने चिनियाँ अधिकारीको सूचनाका आधारमा सम्भावित बाढीको जोखिम रहेको जानकारी दिएको हो। सूचनामा भनिएको छ, “न्यालममा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले भोटेकोशी र सुनकोशी नदी किनारका बासिन्दाहरू सतर्क रहनुहोस्। अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ खण्डसम्म) मा सवारी चलाउँदा समेत विशेष सावधानी अपनाउनुहोस्।”
काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्धबाट स्रोत नखुलेको करिब डेढ करोडसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिई बस्ने ४० वर्षीय चिनियाँ नागरिक वाङ जियानलाई रु एक करोड ४४ लाखसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । स्रोत नखुलेको रकमसहित पक्राउ परेको उनलाई प्रहरीले आज सार्वजनिक गरेको छ । स्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनको डेरा खानतलासी गर्दा उक्त रकम फेला परेको हो ।
काठमाडौं । नेपाल-चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर बेपत्ता हुनेको संख्या २० पुगेको छ । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिकसमेत रहेका छन् । बेपत्ताको संख्या थपिएको सशस्त्र प्रहरी बलद्वारा जारी अपडेटमा उल्लेख छ । दिउँसो ३ः५० को अपडेटअनुसार गोरखाको पालुङटार- ६ का डिलबहादुर तामाङ र धनबहादुर तामाङ बेपत्ता भएका छन् । हालसम्म ५१ पुरुष र ४ महिला गरी ५५ जनाको उद्धार भइसकेको छ । प्रहरी, सेना र सशस्त्रको संयुक्त उद्धार टोली त्यहाँ सक्रिय छ । बाढीले १०० भन्दा बढी सवारीसाधन बगाएको छ ।
दोलखा । दोलखाको चर्चित धार्मिक एवं पर्यटकीयस्थल शैलुङको सय थुम्काको दृश्य । तस्बिरः गोकर्णप्रसाद भण्डारी/रासस
काठमाडौँ । उद्योग, वाणिज्य तथा तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाढीले रसुवाको टिमुरेमा निर्माणधीन सुख्खा बन्दरगाहमा पुगेको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन् । मन्त्रालयत प्रश्नोत्तरको उत्तर दिने क्रममा उहाँले रसुवामा आएको बाढीले निर्माणधीन सुख्खा बन्दरगाहमा पनि ठूलो क्षति पु¥याएको बताए । उनले भने, “उक्त बन्दरगाहमा झन्डै ७५ प्रतिशत काम सम्पन्न भइसकेको थियो । हाल क्षतिग्रस्त छ । चिनियाँ सरकारको सहयोगमा निर्माण भइरहेको थियो, कति क्षति भयो भन्ने विवरण अहिलेसम्म आएको छैन । उक्त बन्दरगाह पछि सञ्चालन गर्न फेरी चीन सरकारसँग आग्रह गर्नेछौँ ।” गएराति रसुवामा आएको बाढीले त्यहाँ राखिएका विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छभने बाढीमा १८…
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा झण्डै रु १४ खर्ब बराबर पुगेको हो । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ९७ अर्ब २३ करोड बराबर पुगेको छ । कुल वस्तु आयात १३ दशमलव एक प्रतिशतले वृद्धि भई रु १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आयातमा एक दशमलव आठ प्रतिशतले कमी आएको थियो ।वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव ६ प्रतिशत, १५ दशमलव तीन…