Author: सूचनापाना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको जानकारी दिए । “त्यति ठूलो बाढी नै जाने गरी दुवैैतर्फ ठूलो वर्षा भएकै छैन । न्यून चापीय रेखा पनि सरदर आसपासमा नै रहेको छ,” उनले भने, “के कारणले बाढी गएको…

Read More

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा रु १५ खर्ब ३२ अर्ब ९३ करोड बराबरको (रेमिट्यान्स) विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको विवरण अनुसार, विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी, जेठ महिनाको विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो आप्रवाह रु एक खर्ब २८ अर्ब ९१ करोड थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ…

Read More

काठमाडौं । चीन-सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् । सशस्त्र प्रहरीले दिएको विवरण अनुसार सम्पर्कविहीन हुनेहरुको विवरण : नेपाल प्रहरी प्र.चौ.हाकु रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं.०४ बस्ने वर्ष ४२ को प्र.स.नि. लाल बहादुर श्रेष्ठ । जि.प्र.का. पर्सा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गा.पा. वडा नं.०१ बस्ने वर्ष २४ को प्र.ज. मुन्ना ठाकुर । प्र.चौ. लाङटाङ रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल न.पा. वडा नं.०९ बस्ने वर्ष २३ को प्र.ज. लोकेन्द्र…

Read More

काठमाडौँ । हिमताल फुटेका कारण रसुवाको टिमुरे क्षेत्रमा बाढी आएको आशंका गरिएको छ । जल तथा मौसम विभागले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक रुपमा चिनियाँ क्षेत्रमा वर्षाकै कारण बाढी आएको नदेखिएको जनाएको छ । विभागले भनेको छ, ‘प्रारम्भिक रुपमा यस बाढी वर्षाको कारण उत्पन्न भएको देखिँदैन । भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन नदी जलाधारको तिब्बतको क्षेत्रमा बाढीको असर आकलनका लागि आज बिहान ९ बजे सेन्टिनेल एसिया प्लेटफममा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न इमरर्जेन्सी अब्जरभेसन रिक्वेस्ट जारी…

Read More

अंकारा । टर्कीको रक्षा मन्त्रालयले उत्तरी इराकको एउटा गुफामा खोजी अभियानमा रहेका आफ्ना १२ जना सैनिकको मिथेन ग्यासको सम्पर्कमा आएर मृत्यु भएको पुष्टि गरेको छ। आइतबार खोजी तथा सफाइ अभियानका क्रममा कम्तीमा १९ जना सैनिक ग्यासको सम्पर्कमा आएका थिए। उनीहरूलाई तत्काल अस्पताल लगिएको थियो । तर सोमबारसम्म १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।मिथेन ग्यास सिधै विषालु नभए पनि, विशेषगरी साँघुरो र बन्द ठाउँहरूमा यो निसाससिएर घातक हुन सक्छ। गुफामा मिथेन ग्यास कसरी जम्मा भयो भन्ने कुरा अझै स्पष्ट छैन। सोमबार दक्षिणी टर्कीको हाक्कारी प्रान्तको विमानस्थलमा केही मृत सैनिकहरूको लागि श्रद्धाञ्जली समारोह आयोजना गरिएको थियो। समारोहमा टर्कीका रक्षामन्त्री र सशस्त्र…

Read More

काठमाडौं । रसुवामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २०० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । प्राधिकरणका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ भने सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्केका कारण आवतजावत समेत बन्द रहेको छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभएपनि गेग्रान थुप्रिएको छ । यसको पावरहाउसमा भने क्षति भएको छैन । प्राधिरकणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार ६० मेगावाट क्षमताको त्रिशूली ३ ए आयोजनामा भएको क्षतिको विवरण भने आएको छैन । तर, भवनमा बाढी पसेको छ । त्रिशूली ३ बी सबस्टेसनलाई हिलोले छोपेको…

Read More

मकवानपुर । धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ । त्रिशूली खोलाको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो । शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताए । शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनको भनाई छ ।

Read More

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–५ स्थित पाटनमा चट्याङ लागेर २०० भन्दा बढी भेडा मरेका छन् भने एक जना गोठाला घाइते भएका छन् । ‎घाइते हुनेमा सिंजा गाउँपालिका–५ का गोठाला धनबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविनबाबु रेग्मीले बताए । ‎उनका अनुसार सोमबार अपराह्न गुठीचौरको ’सानो हाका’ भन्ने पाटनमा चट्याङ परेको थियो । चट्याङ लागेपछि उनी बेहोस भएको स्थानीयले जानकारी दिएको रेग्मीले जानकारी दिए । चट्याङबाट ६ जना किसानका २ सय भेडा मरेका हुन् । ६ जना किसानको करिब ९ सय भेडा पाटनमा राखिएको थियो ।यद्यपि यकिन विवरण भने आउन बाँकी छ ।

Read More

काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् । एक जना प्रहरीले चाहिँ नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन् । यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

Read More

काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले पु¥याएको क्षतिको विवरण आउने क्रम जारी रहेको छ । बिहान ५ बजे गुल्म रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमान्डमा २१ जना (विपद व्यवस्थापन तालिम प्राप्त–७ जना) उद्धार सामाग्रीहरू सहित खटिएका छन् । भोटेकोसी नदीमा बाढीको बहाव झन् बढ्दै गएको छ । यस्तै तातोपानी स्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक पूर्ण कटान गरि पहिरोका कारण सडक अवरुद्ध रहेको छ । भन्सार यार्डमा ९ जना स्थानीय, १ जना नेपाल प्रहरी र बिओपी टिमुरेमा कार्यरत सप्रज प्रदिप वाग्ले चारैतर्फ बाढीले गर्दा फसेकोले उद्धार कार्यको प्रयास भइरहेको…

Read More