काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले पु¥याएको क्षतिको विवरण आउने क्रम जारी रहेको छ ।
बिहान ५ बजे गुल्म रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमान्डमा २१ जना (विपद व्यवस्थापन तालिम प्राप्त–७ जना) उद्धार सामाग्रीहरू सहित खटिएका छन् । भोटेकोसी नदीमा बाढीको बहाव झन् बढ्दै गएको छ ।
यस्तै तातोपानी स्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक पूर्ण कटान गरि पहिरोका कारण सडक अवरुद्ध रहेको छ ।
भन्सार यार्डमा ९ जना स्थानीय, १ जना नेपाल प्रहरी र बिओपी टिमुरेमा कार्यरत सप्रज प्रदिप वाग्ले चारैतर्फ बाढीले गर्दा फसेकोले उद्धार कार्यको प्रयास भइरहेको छ ।
