Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सैनिकको शव खोज्न जाँदा टर्कीका १२ सैनिकले गुमाए ज्यान

    सैनिकको शव खोज्न जाँदा टर्कीका १२ सैनिकले गुमाए ज्यान

    By सूचनापाना२४ असार २०८२, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    अंकारा । टर्कीको रक्षा मन्त्रालयले उत्तरी इराकको एउटा गुफामा खोजी अभियानमा रहेका आफ्ना १२ जना सैनिकको मिथेन ग्यासको सम्पर्कमा आएर मृत्यु भएको पुष्टि गरेको छ।

    SuchanaPana.com

    आइतबार खोजी तथा सफाइ अभियानका क्रममा कम्तीमा १९ जना सैनिक ग्यासको सम्पर्कमा आएका थिए। उनीहरूलाई तत्काल अस्पताल लगिएको थियो । तर सोमबारसम्म १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
    मिथेन ग्यास सिधै विषालु नभए पनि, विशेषगरी साँघुरो र बन्द ठाउँहरूमा यो निसाससिएर घातक हुन सक्छ। गुफामा मिथेन ग्यास कसरी जम्मा भयो भन्ने कुरा अझै स्पष्ट छैन।

    सोमबार दक्षिणी टर्कीको हाक्कारी प्रान्तको विमानस्थलमा केही मृत सैनिकहरूको लागि श्रद्धाञ्जली समारोह आयोजना गरिएको थियो। समारोहमा टर्कीका रक्षामन्त्री र सशस्त्र बलका धेरै उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए। त्यसपछि शवहरूलाई उनीहरूको गृहनगर पठाइएको थियो।

    राष्ट्रपति रेसेप तैयप एर्दोगानले यस खबरबाट ‘गहिरो दुःख’ लागेको बताउँदै मृतक सैनिकका परिवार र टर्की सशस्त्र बलप्रति समवेदना व्यक्त गरेका छन्। यी सैनिकहरू मे २०२२ मा ‘अपरेसन क्लाउ लक’ नामक सैन्य अभियानका क्रममा गोली लागेर मारिएका एक सैनिकको शव खोजिरहेका थिए। टर्कीले इराकमा कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का लडाकुहरूविरुद्ध चलाएको यो सैन्य अभियानमा गुफाहरूमा हवाई हमला र भूमिगत घुसपैठ दुवै समावेश थियो।
    टर्की, युरोपेली संघ, बेलायत र अमेरिकाले आतंकवादी समूहको रूपमा प्रतिबन्ध लगाएको पीकेकेले टर्कीविरुद्ध ४० वर्षदेखि विद्रोह गरिरहेको छ।

    सन् १९८० को दशकमा टर्कीसँग लड्न सुरु गर्दा पीकेकेको प्रारम्भिक लक्ष्य कुर्दहरूका लागि एउटा स्वतन्त्र राज्य स्थापना गर्नु थियो। पछि यसले आफ्नो अलगाववादी लक्ष्यहरूबाट पछि हट्दै थप स्वायत्तता र कुर्द अधिकारहरूमा ध्यान केन्द्रित ग¥यो ।

    विगत चार दशकमा यस द्वन्द्वमा ४०,००० भन्दा बढी मानिसहरू मारिएका छन्। गत मार्चमा, पीकेकेले युद्धविरामको घोषणा गरेको थियो भने मे महिनामा आफूलाई विघटन गर्ने बताएको थियो। पीकेकेले आफ्नो ‘ऐतिहासिक मिसन पूरा भएको’ र ‘सशस्त्र संघर्षको विधि समाप्त गर्ने’ बताएको थियो।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.