काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिनथलीस्थित खहरे खोलामा गेग्रानसहितको बाढी आएपछि बिपी राजमार्ग पूर्णअवरूद्ध बनेको छ ।
उक्त खण्डमा बुधबार बिहानपख लेदोसहितको बाढी आएपछि काभ्रेतर्फ जाने सम्पूर्ण सवारी साधनलाई होल्डमा राखिएको सिन्धुली प्रहरीले जानकारी दिएको छ।
उक्त सडक अहिले सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
