Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले रू ८५ अर्ब १९ करोड आम्दानी गर्दा रू ४६ अर्ब ३० करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो । सरकारले चालु आवमा रू १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । साउन मसान्तसम्ममा कर राजस्वबाट रू ८० अर्ब ६७ करोडभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको छ दशमलव ०९ प्रतिशत र गैरकर राजस्वबाट रू तीन अर्ब ७९ करोड ५० लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव…
काठमाडौँ । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ ।…
ढोरपाटन । चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएकोे निश्चल पानी । शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ । अनेक रङ्गका फूलले यहाँको वातावरण मनमोहक बनाएको छ । यहीँ दृश्य अवलोकन गर्न जल्पातालमा पुग्ने मोहित हुन्छन् । बागलुङको ढोरपाटन नगरपालिका–९ मा पर्ने जल्पाताल निकै आकर्षक छ । समुद्री सतहबाट चार हजार ४०० मिटरको उचाइमा रहेको जल्पाताल सम्भावना भएर पनि गुमनाम छ । बर्खाका बेला जल्पाताल वरपरको पाटनमा भेडा चराउन गोठाला पुग्छन् । स्वर्गसरी पाटनहरूमा बर्खाको चार महिना बिताउँछन् । भेडी गोठाला पुगेको जल्पातालसम्म पर्यटक भने खासै पुग्न सकेका छैनन् । ताल बागलुङको ढोरपाटन…
काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०का उपाध्यक्ष निरोज कुमार थापालाई ‘युवा पत्रकारिता सम्मान २०८२’ प्रदान गरिएको छ । जनआकाश मिडिया प्रा।लि।ले उपाध्यक्ष थापालाई युवा पत्रकारिता सम्मान प्रदान गरेको हो । विगत १ दशकदेखि आर्थिक पत्रकारितामा सक्रिय रहेका थापालाई जनआकाश मिडियाले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा युवा पत्रकारिता सम्मान प्रदान गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना र जनआकाश मिडियाका अध्यक्ष मोहन कार्कीले थापालाई प्रमाणपत्रद्वारा सम्मान गरेका हुन् । ‘पत्रकारिताको क्षेत्रमार्फत मुलुकको अर्थतन्त्रको श्रीवृद्धिमा तपाईले दिनु भएको योगदानले टेवा पुगेको छ’ सम्मानपत्रमा भनिएको छ । थापाले उद्योग, वाणिज्य, तथा व्यापार एवम् समग्र निजी क्षेत्रको विषयमा कलम चलाउँदै आएका…
कञ्चनपुर । आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ । गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकासमा उडेको दृश्य दुर्लभ थियो । ‘टाउको झोक्राएको, हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको गिद्धलाई कैलालीको लम्की चुहास्थित लालीगुराँस सामुदायिक वनबाट उद्धार गरेका थियौँ’, सबडिभिजन वन कार्यालय पहलवानपुरका वन अधिकृत शेरबहादुर भण्डारीले भने, ‘गिद्धको अवस्था हेर्दा बाँच्ला जस्तो लागेकै थिएन, उपचारसँगै स्याहारसुसार र आहारमा ध्यान दिइएपछि तन्दुरुस्त भयो ।’ गिद्धलाई निकुञ्जको सुरक्षित स्थानमा लगेर छाड्दा दुई–तीन पाइला हिँड्दै उडेको देखेर निकै खुसी लागेको उनले बताए। ‘उडेको दृश्य निकैबेर नियाल्यौँ’, उनले भने, ‘केही बेरको उडानपछि…
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण आज (मंगलबार) देखि बन्द गरेको छ । विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गरेको गुनासो आएकाले भिजिटर पास बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए । उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार यहीँ साउन २७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत वितरण हुँदै आएको भिजिटर पासको वितरण कार्य बन्द गरिएको छ ।’ विमानस्थल कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्ने व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक…
काठमाडौं । एनआईसी एसिया बैंक र माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पाबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए । उनका अनुसार समझदारीसँगै बैंकका ग्राहकहरूले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै यो सुविधा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा पनि लागू हुने उनले जानकारी दिए । यस सुविधाको उपभोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा…
जकार्ता । इन्डोनेसियाको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले सन् २०२५ को पहिलो छ महिनामा ऊर्जा तथा खनिज क्षेत्रमा १३.९ अर्ब अमेरिकी डलरको लगानी भित्रिएको जानकारी दिएको छ । यो पछिल्ला पाँच वर्षमा भएको सबैभन्दा ठूलो लगानी हो । यो लगानी सन् २०२४ को सोही अवधिको तुलनामा २४.१ प्रतिशतले वृद्धि भएको हो, जहाँ कुल लगानी ११.२ अर्ब डलर थियो । ऊर्जा तथा खनिज स्रोत मन्त्री बहलिल लाहाडालियाका अनुसार, सबैभन्दा धेरै लगानी तेल तथा प्राकृतिक ग्यास क्षेत्रमा भएको छ, जसको कुल रकम ८.१ अर्ब डलर पुगेको छ । त्यसपछि खनिज र कोइला क्षेत्रमा ३.१ अर्ब डलरको लगानी भएको छ । यसअघि, इन्डोनेसियाका…
एजेन्सी । मलेसियाको राजधानी क्वालालम्पुरबाट भारतको चेन्नई आइरहेको एक मालवाहक विमानको एक इन्जिनमा मंगलवार आगलागी भएको छ । विमानलाई सुरक्षित अवतरण गरेर आगो निभाइएको अधिकारीहरूलाई उद्धृत गर्दै द टाइम्स अफ इन्डियाले समाचार प्रकाशन गरेको छ । अवतरणको क्रममा मालवाहक विमानको चौथो इन्जिनमा आगो लागेको थियो । विमानका पाइलटहरूले तत्कालै सम्बन्धित अधिकारीहरूलाई खबर गरेका थिए । पाइलटहरूले सुरक्षित रूपमा सामान्य अवतरण गराएका थिए । धवानमार्गमा रहेका दमकलहरूले तत्कालै विमानको आगो निभाएका थिए । घटनामा कसैलाई पनि चोटपटक लागेको छैन । के कारणले आगो लागेको भनी अनुसन्धान जारी छ ।
काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म एनएमबि बैैकले ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२२ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड ८ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ६४.४६ प्रतिशतले बढेर ५ अर्ब ३५ करोड ३ लाख ७ हजार रहेको छ । असार मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा २ अर्ब ३३…