काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०का उपाध्यक्ष निरोज कुमार थापालाई ‘युवा पत्रकारिता सम्मान २०८२’ प्रदान गरिएको छ । जनआकाश मिडिया प्रा।लि।ले उपाध्यक्ष थापालाई युवा पत्रकारिता सम्मान प्रदान गरेको हो ।
विगत १ दशकदेखि आर्थिक पत्रकारितामा सक्रिय रहेका थापालाई जनआकाश मिडियाले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा युवा पत्रकारिता सम्मान प्रदान गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना र जनआकाश मिडियाका अध्यक्ष मोहन कार्कीले थापालाई प्रमाणपत्रद्वारा सम्मान गरेका हुन् ।
‘पत्रकारिताको क्षेत्रमार्फत मुलुकको अर्थतन्त्रको श्रीवृद्धिमा तपाईले दिनु भएको योगदानले टेवा पुगेको छ’ सम्मानपत्रमा भनिएको छ । थापाले उद्योग, वाणिज्य, तथा व्यापार एवम् समग्र निजी क्षेत्रको विषयमा कलम चलाउँदै आएका छन् ।
रेडियो, टेलिभिजन र पत्रपत्रिकाको समेत अनुभव भएका उनी हाल बिजनेश पाना डटकमको उपसम्पादकका रुपमा कार्यरत छन् । थापा २०८१ मंसिरमा सम्पन्न नाफिजको १५औँ साधारणसभा तथा ७औँ महासभामार्फत उपाध्यक्षमा निर्वाचित भएका थिए ।
