Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » रामहरि खतिवडाले पद नत्यागेकोप्रति शेखरको आक्रोश, भन्छन्- नैतिकता छैन भने राजनीति नगरे हुन्छ

    रामहरि खतिवडाले पद नत्यागेकोप्रति शेखरको आक्रोश, भन्छन्- नैतिकता छैन भने राजनीति नगरे हुन्छ

    By सूचनापाना१९ श्रावण २०८२, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी गम्भीर त्रुटि हुँदासमेत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पद नत्यागेकोप्रति आक्रोश व्यक्त गरेका छन्।

    SuchanaPana.com

    आइतबार विराटनगरमा आयोजित गुराँस पुस्तकालयको स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै डा. कोइरालाले खतिवडाले विवादास्पद विधेयकमा हस्ताक्षर गरेकाले नैतिक जिम्मेवारीस्वरूप तत्काल राजीनामा दिनुपर्नेमा नदिएको बताए। ‘नैतिकता छैन भने राजनीति नगरे हुन्छ,’ उनले भने, ‘राज्य व्यवस्था समितिको सभापति छाड्दैमा राजनीति सकिँदैन।’

    उनले वर्तमान सरकारमाथि पनि प्रश्न उठाउँदै कांग्रेस सत्ता साझेदार भए पनि सरकार जवाफदेही, पारदर्शी र जनउत्तरदायी बन्न नसकेको टिप्पणी गरे। डा कोइरालाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता संकुचित पार्न खोजिएकोप्रति चिन्ता व्यक्त गरे। उनले सामाजिक सञ्जालमा लेखे मात्र पनि मुद्दा लाग्ने अवस्था देखिएको उल्लेख गर्दै उनले भने, ‘मुद्दा लगाउने, प्रहरी लगाएर पक्राउ गर्ने अनि बोल्नेलाई चुप लगाउने मानसिकता अहिलेको सरकारको देखिएको छ।’

    कोइरालाले विराटनगर ऐतिहासिक राजनीतिक आन्दोलनको थलो भएको स्मरण गराउँदै फेरि यहीँबाट भ्रष्टाचार, दण्डहीनता र अपारदर्शिताविरुद्ध आवाज उठाउन स्थानीय जनतालाई आह्वान गरे।‘वर्तमान अवस्थामा लोकतन्त्र धरापमा परेको छ, कांग्रेसको विचार र सिद्धान्त धरापमा परेको छ,’ उनले भने। कोइरालाले राज्यका तीनवटै अंग-कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा गम्भीर समस्या देखिन थालेको उल्लेख गरे।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.