सिन्धुपाल्चोक । अविरल वर्षाका कारण आज विहान आएको पहिरोले एक गोठमा क्षति पुर्याएको छ ।
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित लप्से–आहालमा आइतबार बिहान ४ः४५ बजे माथिबाट आएको पहिरोले स्थानीय तिर्थबहादुर श्रेष्ठको गोठ पुरिएको हो ।
पहिरोले गोठसँगै एउटा भैँसी, पाडा र भाडाकुडा पनि पुरिएको श्रेष्ठले बताए ।

वर्षाका कारण सामान्य ठाउँमा जमिन चिरा परेर आएकोे पहिरोले गोठ छेउमै रहेको घर जोगाउन अब मुस्किल पर्ने उनी बताउँछन् ।

पहिरोले तिर्थबहादुरका साथै अक्कल बहादुर श्रेष्ठ र गोकर्ण बहादुर श्रेष्ठको घरपनि जोखिममा परेको छ ।
