Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » यसपालीको दशैंमा ५ रुपैयाँको मात्रै नयाँ नोट, अरु सबै सुकिला नोट साट्न पाइने

    यसपालीको दशैंमा ५ रुपैयाँको मात्रै नयाँ नोट, अरु सबै सुकिला नोट साट्न पाइने

    By सूचनापाना१३ भाद्र २०८२, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि दशैंमा सुकिला नोट मात्रै साट्ने भएको छ ।

    SuchanaPana.com

    एकपटक बजारमा गएर बैंकिङ प्रणालीमा फर्किएको पर्याप्त नोट प्रयोगमा नआउने र नयाँ नोट साट्ने गर्दा प्रयोगमा आएका सुकिला नोट बढ्दै गएपछि केन्द्रीय बैंकले सुकिला नोट नै साट्ने व्यवस्था मिलाउने भएको हो ।

    ‘सर्वसाधारणलाई यस वर्षको दशैंमा नयाँ नोट नभएर सुकिला नोट नै सटही गर्न व्यवस्था मिलाउँछौं,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कर्याकारी निर्देशक रामु पौडेले भने, ‘५ रुपैयाँ दरको नोट भने नयाँ नोट नै साट्न पाइनेछ ।’ सुकिला नोट दशैंमा मात्रै नभएर अघिपछि गए पनि साट्न पाइने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

    विगतमा दशैं तिहारमा साटेर एकपटक प्रयोगमा आई पुन बैंकहरुमा फर्किएको नोट पर्याप्त मात्रामा रहेकाले नोटलाई छानेर सुकिला नोट साट्ने व्यवस्था मिलाउने उनले बताए । अर्को सातासम्म राष्ट्र बैंकले सूचना निकालेर भदौ अन्तिममा वा असोज लागेसँगै नोट साट्ने व्यवस्था मिलाउने तयारी रहेको उनले बताए ।

    ‘सर्वसाधारणले दशैंमा मात्रै नभएर जुनसुकै चाडवाड र अन्य समयमा पनि राष्ट्र बैंक तथा बैंकहरूबाट सुकिला नोट साट्न पाउँछन्‌,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘दशैंकै लागि भनेर प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ तोकेर नै नोट सटही गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले सूचना गर्छ । ५ रुपैयाँ दरका भने नयाँ नोट नै साट्न पाइन्छ ।’

    राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ कार्यालयका साथै सातै प्रदेशका प्रादेशिक कार्यालय र वाणिज्य बैंकहरुबाट पनि सुकिला नोट साट्न पाउने व्यवस्था मिलाउने उनले बताए । बैंकहरुलाइ पनि सहज रुपमा नोट साट्न सक्नेगरी सुकिला नोट उपलब्ध गराउने भएकोले बैंकहरुबाट पनि सजिलै दशैंका लागि नोट साट्न सकिने उनले बताए ।

    राष्ट्र बैंकको प्रदेशस्थित कार्यालयका साथै नोट कोष सञ्चालनमा रहेका बैंकको विभिन्न जिल्लामा रहेका कार्यलयहरुबाट पनि सुकिला नोट सर्वसाधरणलाई उपलब्ध गराउन बैंकहरुले साट्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.