Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » गण्डकीमा १५ सिटमा टुंगियो गठबन्धनको बाँडफाँट, कुन क्षेत्रमा को उठ्दै ?

    गण्डकीमा १५ सिटमा टुंगियो गठबन्धनको बाँडफाँट, कुन क्षेत्रमा को उठ्दै ?

    By सूचनापाना६ आश्विन २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn


    पोखरा । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनले गण्डकीका १५ सिटमा भागबण्डा मिलाएका छन् । १८ मध्ये ३ सिटको बाँडफाँट टुंगिन बाँकी छ । हालसम्म टुंगिएको सीटमध्ये प्रतिनिधिसभा तर्फ गोरखा, लमजुङ र बागलुङमा कांग्रेसका उम्मेद्वार रहने छैनन् । मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, स्याङजा र तनहुँमा कांग्रेसका मात्रै उम्मेद्वार हुनेछन् ।

    SuchanaPana.com

    गोरखा १, नवलपुर २ र कास्की ३ को सिट बाँडफाँट भएको छैन । कास्की ३ मा कांग्रेस र माओवादीको दाबी छ भने नवलपुर २ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादी तथा गोरखा १ मा कांग्रेस र माओवादीले दावी छोडेका छैनन् । स्राेतका अनुसार गोरखा १ मा माओवादीले नै पाउने पक्काजस्तै छ । कास्की ३ माओवादी र नवलपुर २ एकीकृत समाजवादीले पाउन सक्ने बताइएको छ ।

    मनाङमा कांग्रेसबाट टेकबहादुर गुरुङको नाम सर्वसम्मत छ भने मुस्ताङबाट पुनः रोमी गौचन चुनाव लड्ने बुझिएको छ । नवलपुर १ बाट डा. शशांक कोइराला, पर्वतमा अर्जुनप्रसाद जोशी, म्याग्दीमा खमबहादुर गर्बुजा (खम्बीर), तनहुँ १ बाट रामचन्द्र पौडेल उठ्ने लगभग निश्चितप्रायः छ । तनहुँ २ मा शंकर भण्डारी र प्रदीप पौडेलमध्ये १ ले टिकट पाउने बुझिएको छ । स्याङजा १ बाट राजु थापा वा धनराज गुरुङ तथा स्याङजा २ बाट भागवत प्रकाश मल्लले नै टिकट पाउने सम्भावना छ ।

    कास्की १ बाट पुर्व मन्त्री यज्ञबहादुर थापा, निवर्तमान जिल्ला सभापति कृष्णबहादुर केसीसहितका नेताहरू रेसमा छन् । लमजुङमा माओवादीबाट देवप्रसाद गुरुङ, बागलुङ १ मा जनमोर्चाका चित्रबहादुर केसी, बागलुङ २ मा माओवादीका देवेन्द्र पौडेल, गोरखा २ मा समाजवादी पार्टीका नेता डा. बाबूराम भट्टराईले टिकट पाउने लगभग पक्का जस्तै छ । यस्तै, कास्की २ मा एकीकृत समाजवादीबाट तुलबहादुर गुरुङको सम्भावना बढी छ । उम्मेद्वार आकांक्षीहरु धेरै भएकोले टिकट वितरणमा योगदानलाई हेरेर वितरण हुने बताइएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.