काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले एसइई ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा दसैँअघि सार्वजनिक हुने जनाएको छ ।
अहिले उत्तर पुस्तिका परीक्षण भईसकेर विद्यार्थीको प्राप्ताङ्क चढाउने काम भइरहेको परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते परीक्षा सञ्चालन गरेको परीक्षामा परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएको कार्यालयले जनाएको छ ।
अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विषयहरू मध्ये परीक्षार्थीहरूले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थी ग्रेडबृद्धि ९पूरक० परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।
