Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » आगामी चुनावमा ‘युवा इन:बूढा आउट !’

    आगामी चुनावमा ‘युवा इन:बूढा आउट !’

    By सूचनापाना७ आश्विन २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    दलहरूको राजनीति विफल तर माथिल्ला नेताहरू प्रायःको ‘हाम्–नीति’ सफल जतिसुकै मथे पनि, सार आउने यही हो । मङ्सिरको संघीय÷प्रादेशिक चुनाव धेरै हिसाबले नौलो हुनेछ । यसका पूर्व चित्रहरू अहिलेदेखि देखिन सुरु गरे ।
    दुई दुईपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी ओली कतिपय सबालमा अरू राजनीतिक पार्टीका नेताभन्दा धेरै बाठा लाग्छन् । ओभर स्मार्ट हुन मन पराउने ओली सार्वजनिक रूपमै अरूप्रति कटाक्ष र हल्का टिप्पणी गर्न औधी रूचाउँछन् । आफ्ना विरोधीमाथि उनी अमर्यादित आरोप प्रत्यारोपसहित बारम्बार खनिन्छन् । आफूलाई एक्ल्याएको आक्रोशमा ओलीले नेकपाका पूर्वसहकर्मीहरूलाई ‘देशद्रोही’ कै संज्ञा दिनु त्यसैको पछिल्लो उदाहरण हो । केही दिनअघि ओलीले नेकपाका पूर्व पाँच नेतालाई देशद्रोहीको संज्ञा दिए । ती नेता हुन् –प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ।

    SuchanaPana.com


    ‘मुलुकी अपराध संहिताले नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हातहतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण वा त्यस्तो षडयन्त्र वा उद्योग गर्नु वा गराउनुलाई ‘राजद्रोह’ भनेर व्याख्या गर्दछ । यस्तो गम्भीर आरोप सहजै ओलीले आफ्ना पूर्वसहकर्मी विरुद्ध किन लगाए ? राजद्रोहको कसुर गर्ने व्यक्तिलाई २५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । प्रमाण पुष्टि नभए आरोपीविरुद्ध सार्वजनिक कसुरमा उजुरीसमेत गर्न सकिन्छ । यो त भयो कानुनी विषयको कुरा । तर प्रधानमन्त्री भैसकेका सम्माननीय नेताले राजनीतिक स्वार्थ नमिल्दा अमर्यादित र आपत्तिजनक अभिव्यक्ति दिनुलाई नागरिकले भने कसरी बुझ्ने हुन् ?


    माथिको दृष्टांशलाई विश्लेषण गर्दा ओली सामान्य मर्यादा र संस्कारभन्दा बाहिर निस्केर अराजक भैसकेको भान हुन्छ । यदि नेपालको अदालत साँच्चै न्यायदिने ठाउँ हुन्थ्यो भने यस्तो ‘विवादास्पद अभिव्यक्ति’ बोल्ने ओली जेल बस्नु पथ्र्यो । यतिमात्र कहाँ हो र ‘लोकतन्त्र ल्याउन बलिदान गरेका नेताहरूको अपमान गरेको’ भन्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेलाई ‘भँडुवा’ भने । यसैगरी छुद्र वचन गर्दै गए भने रविको पार्टीको निःशुल्क चुनावी प्रचारप्रसार ओली स्वयम्ले गर्दिने छन् जसले उनकै पार्टीको भोट कटिने पक्कापक्की छ ।


    एमाले अहिले माओवादी र समाजवादी दुवै पूर्व सगोत्री पार्टीहरूलाई चुनावको एलेभेन्थ हावरसम्म पनि फकाउने रणनीतिमा लागेको छ । अहिलेको वैचारिक बेमेल भनेको ‘युवा भर्सेज बूढा’ को हो । यतिखेर काँग्रेस, एमाले, समाजवादी र राप्रपाहरू सबै पुराना खिया लागेका गोल्टिनजस्ता लाग्छन् जो ठोस वस्तु हाल्न चाहिँ सकिने तर तरल वस्तु हाल्दा नदेखिने प्वालहरूबाट चुहुने भाँडा भएका छन् ।

    एकातिर टाल्यो अर्कोतिर प्वाल बन्ने । पार्टीका क्याडर र पद पाएका केही लाख अपवादका युवाहरूबाहेक अहिले पढेलेखेका, चुस्तदुरूस्त, प्रविधिमा पोख्त र ट्यालेन्ट जो कोही व्यक्ति न काँग्रेसको सिद्धान्त रटान गर्न चाहन्छन्, न एमालेको कार्यशैलीप्रति हनुमानगिरी नै गर्छन् । उनीहरू राप्रपा, जनता समाजवादी पार्टी र रवीन्द्र मिश्रसँग पनि खुसहाल देखिँदैनन् । त्यसैले युवाहरू सबै क्रियाशील राजनीतिक पार्टीका बूढा नेता विरुद्धमा आगामी चुनावका लागि भित्रभित्र क्याम्पेन गरिरहेका छन् । खासमा युवाहरूले अहिले चाहेको भनेको शासकीय प्रतिनिधिहरूमा आफूजस्तै युवाहरूको उपस्थिति हो । गएको स्थानीय तहको चुनावमा देशैभरि कूल ४१ प्रतिशत युवाहरूले विभिन्न पदमा जितेका थिए । त्यसैले आगामी मङ्सिर ४ को संघीय र प्रादेशिक चुनावमा बूढापाकाको सत्ता पल्टाएर युवाहरूलाई शासकका रूपमा हेर्न चाहेका हुन् ।


    उमेरजन्य मात्र नभएर सोच, कार्यशैली, अध्ययन र प्रविधिमा समेत युवा र प्रौढमा आकासपातालको अन्तर छ । रमाइलो कुरा त के भने अहिले राजनीतिको फ्रन्ट लाइनमा देखिएका सबैजसो नेताहरु ६५ माथि ८० तल उमेरका देखिएका छन् । लोसपाका नेता महन्थ ठाकुर (८० वर्ष) का छन् भने प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा (६५ वर्ष) का छन् । यी अनुहारहरुलाई चालीस नकटेका युवाहरु जुनसुकै हालतमा पनि मङ्सिरपछि घर पठाउन चाहन्छन् । यही द्वन्द्वले नै यो चुनावलाई रिङ्ग्याएको छ ।


    नेपालमा वैकल्पिक राजनीतिले युवा सेन्टिमेन्टलाई मज्जाले क्यास गर्न सक्थ्यो तर वैकल्पिक राजनीतिका नायक भनिनेहरुले क्रमशः बाटो बिराए । डा. बाबुराम भट्टराईको अस्थिर राजनीतिक यात्रामा युवाहरुले आफ्नो अनुहार देख्न सकेनन् भने रवीन्द्र मिश्रजस्ता सिद्धान्तका पण्डित पनि ‘विचारभन्दा माथि देश’ भनेरै वयेलिए । माक्र्सवाद र प्रजातान्त्रिक समाजवादको रटानमा जनतालाई दिनु पर्ने सामान्य डेलिभरीका कुराहरुमा पनि काँग्रेस र एमालेहरु चुकेकाले अहिले रवि लामिछाने, ज्ञानेन्द्र शाही, स्वागत नेपाल, पुण्यप्रसाद प्रसाईं र रमेश खरेलहरुका बोली तिखा सुनिएका हुन् । भलै तिनीहरुले चुनाव जित्छन् जित्दैनन् यकिन छैन । जितेरै पनि सिष्टम डेलिभरीमा सफल÷असफल के हुन्छन् त्यो पनि केही थाहा छैन तर देश विदेशमा रहेका युवाहरु क्रमशः पृथक् विचार बोल्ने युवाहरुसँग नजिक हुन थालेका छन् । मूल कुरा यही हो ।


    जापानको भ्रमणमा रहेका बेला माओवादी अध्यक्ष प्रचण्डले त्यहाँ रहेका नेपाली समुदायमाझ भने –‘जापानको पूर्व प्रम सिन्जो आबे नेपाल आउँदा दुई तीनपटक कुरा भएको थियो ।’ प्रचण्डको हाँस उठ्दो कुरो सिन्जो आबे प्रधानमन्त्री हुँदा न अघि न पछि नेपालै आएका थिएनन् । जे बोल्दा हुने भन्ने रोगले नेपाली नेताको यो स्तरहीनता देखाउँछ । बरू ओली भाँती पु¥याएर ढाँट्छन् तर प्रचण्ड कसोकसो फुस्किहाल्छन् । दिल्ली भ्रमणमा मोदीले भेट नदिएपछि कुरा बनाए तर सञ्चार माध्यमले यथार्थ पस्किँदा उनी गल्ती देखिए ।

    ‘तिमीभन्दा पहिले, त्यो सिँहासनमा जो बसेको थियो,
    ऊ पनि आफू, ईश्वर भएकै भ्रमले खसेको थियो ।’
    यो दृष्टांश अहिलेका बूढा नेताहरूमा सोह्रै आना मिल्छ ।


    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ‘अबको पाँच वर्षपछि आफू सक्रिय राजनीतिबाट विदा हुने तर यो पटक जसरी पनि चुनाव जितेर देखाउने’ कुरा गर्दा नागरिक हाँस्छन् । उनी स्वयमले पार्टीमा अलमल गर्नाले चुनावी रणनीति बनाउन क्रमशः चुकिरहेको भन्ने विश्लेषण भैरहेको छ ।


    उता अस्थिर नेता समेतको पगरी गुतेका डा.बाबुराम भट्टराईले आफू अलग भएको ‘जसपाका नेता सङ्कीर्णतावादी र क्षेत्रीयतावादी सोच भएकाले पार्टी छाडेको’ भन्ने तर्कसहित नेपाल समाजवादी पार्टी स्थापना गरेका छन् जसको उपाध्यक्षमा हिसिला यमी र दसौं नम्बरकी केन्द्रीय सदस्यमा छोरी मानुषी यमी भट्टराई रहेकी छिन् । डा.बाबुराम भूपू प्रमहरूमध्ये तुलनात्मक रूपमा क्षमता प्रमाणित गरेका अब्बल थिए तर अबचाहिँ पूर्णरूपमा समाप्तै भए । उनले च्याँखे थाप्नैका लागि पार्टी गठन गरेका हुन् । उनको पार्टीले समाजवादी केन्द्र बनाउने वामपन्थीहरूको सोचलाई मद्दत गर्यो भने राम्रै होला तर गोरखा र सर्लाहीमा मात्रै सिमित हुने दुई सिटे पार्टी हुने डर बढ्ता छ । उनीसँग बौद्धिकताका तुलनामा भोटर कम भएका देखिए ।


    नेताहरूका यस्तै कार्यशैलीका कारण आगामी चुनावमा युवाहरूले ‘नो नट एगेन’ भन्ने फेसबुक क्याम्पेन थालिसके जसमा देउवा, प्रचण्ड, माधव, झलनाथ, ओली र बाबुरामलाई कुनै हालतमा पनि यो पटक चुनाव जिताउनु हुँदैन भन्ने नारा तय गरेका छन् । त्यस्ता क्याम्पेनलाई भित्तामै पु¥याउने गरी जवाफ दिनमाहिर प्रतिपक्षी नेता ओलीले भनेछन् –‘स्वतन्त्रले चुनाव जित्न संसारका सबै मानिस पागल हुनुपर्छ, दलीय प्रणाली विना देश अगाडि बढ्दैन ।’ सुन्दा खरो लागे पनि यो निषेधवादी चिन्तन हो । जतिजति ओली बक्दै जान्छन् उतिउति उनको पल्ला हलौं हुँदै जान्छ । उता निर्वाचन आयोग गठबन्धनले एउटै चुनाव चिन्हबाट लड्न पाउने व्यवस्था गर्र्दैछ । यदि यसो भयो भने आउँदो चुनाव पाँचदलीय गठबन्धन भर्सेज एमालेका बीचमा मारामार शैलीमै हुनेछ ।

    माओवादी अध्यक्ष प्रचण्ड र उपचारका लागि दिल्ली गएकी कँग्रेसनेतृ आरजू राणाबीच भारतीय संस्थापन पक्ष साक्षी राखेर आगामी चुनावपछि ‘आरजू र प्रचण्डबीच आधाआधा समय सत्ता उपभोग गर्ने सम्झौता भएको’ भन्ने खबरले चुनावपछि नेपाली राजनीतिले यु टर्न लियो भने अचम्म मान्नु पर्दैन ।


    एमाले कमजोर छैन जति गठबन्धनले आँकेका छन् । उसले निर्वाचनमा नागरिकता मुद्दा, सिमाना मुद्दा, बेरोजगार मुद्दा, रासायनिक मल मुद्दा र महँगीका मुद्दालगायत मध्यमवर्गीय नागरिकका सपनाको ड्राफ्ट गर्दै पाँच दललाई उछिन्न खोज्ने ट्रिक लगाउन सक्छ । युवाहरूले ६ जना बूढा नेताहरूलाई ठाउँका ठाउँ रोक्न र चुनाव हराएर घर पठाउन ‘घोषणा पत्रमा सम्भव÷असम्भव जेजस्ता मुद्दाहरू उठाए पनि तिनीहरूलाई पाँच वर्षमा पूरा गर्न देशका स्रोत केके हुन् ?’ भन्ने प्रश्न युवाहरूले चौतर्फी रूपमा उठाएका छन् ।


    सबैभन्दा धेरै प्रभाव यसपालि स्थानीय चुनावमा उठेका र चुनाव जितेका स्वतन्त्रहरूले पुराना पार्टीलाई नाकमा दम तोड्ने छन् । रवि लामिछानेलगायतका केही नयाँ व्यक्ति र पार्टीहरूका नयाँनयाँ चुनावी फन्डाका अघि पुराना र सत्ताको मह चाटिसकेका पार्टीले तिनीहरूका अध्यक्षलाई सकुसल जिताउन बालुवाको तेल निकालेझैँ पेल्नु पर्ने हुन्छ । यो कुरा तिनीहरूले सोचिसकेकै छैनन् । बरू चुनावलाई खेलाँची खेलाँचीका रूपमै लिएका छन् ।


    माओवादी अध्यक्ष प्रचण्ड र उपचारका लागि दिल्ली गएकी कँग्रेसनेतृ आरजू राणाबीच भारतीय संस्थापन पक्ष साक्षी राखेर आगामी चुनावपछि ‘आरजू र प्रचण्डबीच आधाआधा समय सत्ता उपभोग गर्ने सम्झौता भएको’ भन्ने खबरले चुनावपछि नेपाली राजनीतिले यु टर्न लियो भने अचम्म मान्नु पर्दैन ।


    प्रचण्ड नेपाल फिर्नासाथ नागरिकता विधेयक जुन शैलीमा पास भयो र विवादित अर्थमन्त्री जनार्दन शर्माको पुनर्वहाली जस्तो तामझामसाथ गरियो त्यसबापत दिल्लीले चुनावपछिको सरकार गठन बारे ग्रीन सिग्नल दिएको बताइन्छ । त्यसैले प्रचण्ड कुरा घुमाएर भनिरहेका छन् । उनी काँग्रेससँग सिट बाँटफाँडमा घुक्र्याइरहेका छन् भने एमालेलाई पनि लोभ्याइरहेका देखिन्छन् । यी राम रमिताले मङ्सिर ४ को चुनावमा केही अनपेक्षित परिणाम हात लागे भने अन्यथा नलिँदा हुन्छ ।


    लेखक जुगल भुर्तेल लेख्छन् –‘अति नगर्नु भनेर उर्दूका एक कविले पार्टीका गुटाधीशलाई उहिल्यै लगभग यो भावमा सचेत गराइसकेका छन् तर अति सत्ताको नशामा हुनेलाई यो कर्णप्रिय नभए पनि त्यो दिन आउनु नियतिको नियम हो । मङ्सिर –४ आउँदैछ !’
    ‘तिमीभन्दा पहिले, त्यो सिँहासनमा जो बसेको थियो,
    ऊ पनि आफू, ईश्वर भएकै भ्रमले खसेको थियो ।’
    यो दृष्टांश अहिलेका बूढा नेताहरूमा सोह्रै आना मिल्छ ।
    जसरी काठमाडौँमा बौद्धिक व्यक्तिहरूका अनुमानलाई गलत सावित गदै युवा बालेन शाहले मेयरमा चुनाव जिते त्यसरी नै आउने संघ र प्रदेश चुनावमा फरकफरक सोचका नयाँ युवाले चुनाव जितेर देशको राजनीतिमा बूढाविहीन संसद र सरकार बनाए भने पचासौं लाखबाहिर बसेका युवा मनलाई औधी शान्ति हुन्थ्यो तर त्यसो हुन फलामको च्यूरा चपाएझैँ परिश्रम नगरी चुनावी मिसन सफल हुने देखिँदैन ।
    ‘नेताले बाँड्ने सपनाका सीमा हुने भए,
    र ती सपनाका भरपर्दो बीमा हुने भए ।
    नकारात्मक टिप्पणी हुने थिएन पक्कै,
    यदि तिनका बोलीको गरिमा हुने भए ।’
    – बिबिसी नेपाली सेवाका गनी अन्सारीले यी ४ लाइनमा नेपालको चुनावी पद्दतिको खर्लप्पै नाडी छामेका छन् । युवा मेयर बालेन शाहले काठमाडौँमा भनेका कुहिने र नकुहिने फोहोरहरूलाई छुट्याएर बेग्लाबेग्लै दिन नगरपालिकाको गाडीलाई बुझाएझैँ आउने मङ्सिर –४ गते ‘बूढाजति सबै आउट ः युवाजति इन’ गरिएमा प्रविधि र विकासप्रेमी नेपाली खुसी र सुखी हुने थिए कि ?
    ड्ड

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.