Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » चाडपर्वमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

    चाडपर्वमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

    By सूचनापाना८ आश्विन २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम काड’ लागू गर्ने भएको छ ।

    SuchanaPana.com

    सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।

    समितिले नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीको समन्वयमा राजमार्गमा स्थान पहिचान गरी टाइम कार्ड लागू गर्नेसहित विभिन्न १४ निर्णय गरेको छ ।

    समितिका संयोजक गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा सवारीसाधनको छतमा बसी यात्रा गर्न र झुण्डिएर यात्रा गर्न नदिने तथा त्यसका लागि आवश्यकतानुसार अनुगमन गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले हरेक सार्वजनिक सवारीसाधनमा प्राथमिक उपचार किट, प्रहरी हटलाइन नम्बरलगायतका आवश्यक सूचना रहेको स्टिकर, दुर्घटना भएमा सङ्केत गर्ने वस्तु राख्ने र सवारीसाधन स्यानिटाइज गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

    चालकले अस्वाभाविक किसिमले सवारी चलाएमा गुनासो गर्न फोन नम्बर सार्वजनिक गर्ने र त्यस्तो गुनासो सुनी तत्काल परिचालित हुन सबै प्रहरी युनिटलाई निर्देशन दिने गरी आवश्यक व्यवस्था मिलाइने भएको छ ।

    गृह मन्त्रालयबाट प्राप्त जानकारीअनुसार यातायात व्यवस्था विभागबाट यही असोज ९ गतेदेखि मध्यम तथा लामो दूरीमा चल्ने सवारीसाधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा उपत्यकाका मुख्य–मुख्य स्थानमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ ।

    सवारीसाधनको सहज सञ्चालनका लागि यातायात व्यवसायी महासङ्घका तर्फबाट प्रत्येक प्रदेश र जिल्लामा सम्पर्क व्यक्ति तोकेर फोन नम्बरसमेतको जानकारी नेपाल प्रहरीलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

    बीमा नभएका सवारीसाधन दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा मेकानिकल परीक्षण नभएका सवारीसाधनको बीच बाटोमा यान्त्रिक समस्याका कारण दुर्घटना हुने तथा यात्रु अलपत्र पर्न सक्ने सम्भावना भएकाले बीमा नभएका र मेकानिकल परीक्षण नभएका सवारीसाधनलाई रुट परमिट नदिइने भएको छ । त्यसका लागि यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश कार्यालयले आवश्यक व्यवस्था मिलाउने छ ।

    मादकपदार्थ र लागुपदार्थ प्रयोगको आकस्मिक जाँचको व्यवस्था मिलाउने र लागुपदार्थ प्रयोग गरेको सम्बन्धमा लागुऔषध नियन्त्रण ब्यूरोको मातहतका कार्यालयबाट टेष्ट किटको प्रयोग गरी जाँच गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

    दुर्घटना न्यूनीकरणमा पूर्वसतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, डिभिजन सडक कार्यालय, प्रदेश पूर्वाधार कार्यालय, यातायात व्यवस्था कार्यालय तथा यातायात व्यवसायी महासङ्घको प्रतिनिधित्वमा समिति गठन गरी आवश्यक कार्य गरिने छ ।

    सडकमा भएका खाल्डाखुल्डी पुर्न र सडकको आवश्यकतानुसार अवस्था सुधार गर्न डिभिजन सडक कार्यालय, प्रदेश र स्थानीय तहसँग समेत समन्वय बढाइने छ । यातायात व्यवसायी महासङ्घको समन्वयमा विद्यमान रिफ्रेशमेन्ट सेन्टरलाई चालु हालतमा राख्ने व्यवस्था मिलाइने, दुर्घटना भई हवाई उद्धार गर्नुपर्ने भएमा यातायात व्यवसायी महासङ्घको समन्वयमा लागत व्यहोर्ने गरी हवाई साधन परिचालन गर्ने तथा जिल्लास्थित बजार अनुगमन समितिमार्फत राजमार्गमा रहेका होटल, रेष्टुरेण्टको खानाको परीक्षण गर्ने र गुणस्तर परीक्षण कमजोर भएकाले समयमा सुधार नगरे कानुनअनुसार कारबाही गर्ने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ ।

    बिग्रेका तथा तत्काल मर्मत गर्नुपर्ने सडक सञ्चालन गर्न सडक विभागले मातहतका निकाय र प्रदेश पूर्वाधार कार्यालयलाई अनुरोध गर्ने निर्णय पनि गरेको मन्त्रालयले जनाएको छ ।

    यस्तै लामो दूरीमा चल्ने सवारीसाधनमा दुई चालकको व्यवस्था कार्यान्वयन गर्न नेपाल प्रहरीबाट अनुगमन गर्ने र सो भएको नपाइएमा तत्काल कारबाही गर्ने, बस व्यवसायीसमेतको समन्वयमा राजमार्गमा सवारीसाधनको अनुगमन, सवारी दुर्घटना भएमा तत्काल उद्धार गर्न मातहतका युनिटलाई परिचालन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.