Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कैलाली बाढी : किसान भन्छन्-धान बाढीले बगायो, हिउँदे बालीका लागि राखिएको बीउ पनि रहेन

    कैलाली बाढी : किसान भन्छन्-धान बाढीले बगायो, हिउँदे बालीका लागि राखिएको बीउ पनि रहेन

    By सूचनापाना३० आश्विन २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    कैलाली । लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ। कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ।

    SuchanaPana.com

    बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको छ। बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्‍याएको छ। असोज १ गते र त्यसपछि लगातारको वर्षापछि २३ गते आएको बाढीले टीकापुरमा पाकेको धानबाली र फुल्न थालेको धानबालीमा क्षति पुर्‍याएको कृषि शाखा प्रमुख मोतिसिंह विकले जानकारी दिए। उनले कृषितर्फ बाढीले पुर्‍याएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताए। ‘हरेक वडामा वडघरको सहयोगमा टोलटोलमा पुगेर तथ्याङ्क लिने काम भइरहेको छ’, उनले भने, ‘वडा नं ५, ६, ७, ८ र ९ मा धानबालीमा बढी क्षति भएको छ। कतिपय किसानको बाली खेतमै गलेको छ।’

    पालिकाभरिको कुरा गर्दा २० प्रतिशत बढी बालीमा क्षति भएको छ। डुबान भएका क्षेत्रमा पानी जमेर धानबाली गलेर नोक्सान भएको उनको भनाइ छ। टीकापुर–५ का किसान सुधा चौधरीको १० कठ्ठा जमिनमा लगाएको धानबाली सबै नोक्सान भएको छ। ‘धान पाकेर काट्न तयार भएको थियो, एक सातासम्म खेत पानीले जलमग्न भयो, पानी सुक्नेबेला खेत हेर्न जाँदा धानको एक बोट पनि ठाडो थिएन, सबै धान मल भइसकेको थियो’, उनले भने, ‘ पानीसँगै हावा चलेकाले धानबाली ढल्यो, त्यसपछि एक सातासम्म खेत जलमग्न भएपछि बाली रहने कुरै भएन।’

    टीकापुर–८ का राहुल साउदको पनि धानबालीमा क्षति भएको छ। कर्णाली नदीको भङ्गालो बस्तीमा पसेपछि उहाँको धानबाली लगाएको खेत बालुवाले भरिएको छ। ‘गत वर्ष काटेको धान बाढीले बगायो, यस वर्ष सबै खेतमै सकियो’, उनी भन्छन्, ‘अब के खाने होला ? हामीले दुई वर्षसम्म खेतको बाली देख्न पाउने भएनौँ। किन खेती लगाइएछ जस्तै लागेको छ।’

    बाढीले भजनी नगरपालिकामा कृषितर्र्फ ठूलो क्षति भएको छ। भजनीमा कृषिजन्य उत्पादनमा ९० प्रतिशत क्षति भएको छ भने ७० प्रतिशत धानबालीमा क्षति भएको पालिकाले जनाएको छ। ‘समग्रमा ९० प्रतिशतमाथि क्षति भएको छ। धानबालीका कुरा गर्दा कोही–कोही किसानको उच्च जमिनमा रहेको बाली बचेको देखिन्छ’, कृषि शाखा प्रमुख हरिलाल रेग्मी भन्छन्, ‘बाढीले लगातार दुई वर्ष किसानले उत्पादन लिन पाएनन्, भजनीमा जस्तो बिचल्ली कतै भएको छैन। हामी तथ्याङक ‘इन्ट्री’ गर्ने काम गरिरहेका छौँ। त्यसपछि क्षति यकिन विवरण भन्न सकिन्छ।’

    कृषि शाखा प्रमुख रेग्मी भजनीमा माछापालक ४० किसानका सबै क्षति भएको बताउँछन्। ‘पशुपालनमा क्षति भएको छ। कुखुरा, बङ्गुरपालनमा समेत त्यस्तै क्षति छ’ उनले भने, ‘धानबाली कसै–कसैको मात्र बचेको छ। बचेको बालीमा समेत बाला छैन, अघिल्लो पटकको बाढीले फूल झारेकाले बाला छैन।’

    भजनी–८ का धनलाल चौधरीको धानबाली सबै नोक्सान भएको छ। घरमा बाढी पसेपछि हुलाकी सडक भागेका धनलाल असोज २६ गते घर फर्कँदा उनको न त घर बचेको थियो, न त खेतको धानबाली। ‘घरका सबै भित्ता भत्केका, अन्न राखेका माटाका डेहरी ९भकारी० भत्किएर अन्न बगिसकेका, केही सडेका थिए’, उनले गुनासो गरे, ‘खेततिर हेर्दा बाली सबै ढलेर नोक्सान। धानबाली ढलेर धानबालीमाथि हिलो थुपारिएको छ। एक दाना पनि धान देख्न पाइएन।’ यस्तो समस्या यहाँका अधिकांश किसानको छ। कतिपयले बचेका धानका बाला काट्न थालेका छन् तर जताततै जलमग्न भएकाले सुकाउने ठाउँ छैन। ‘अधिकांशको बाली खेतमै सकियो, कतिपय बचेका किसान बाला टिप्न थालेका छन्’, स्थानीय जयप्रसाद ढुङ्गानाले भने, ‘बाला टिपेकाहरू सडकमा, विद्यालयमा, उच्च स्थानमा लगेर सुकाउन थालेका छन्। यस क्षेत्रका किसानसँग अब धानको बीउ पनि रहने देखिएन। अर्को वर्ष किसानलाई बीउ पनि खोजाखोज गर्नुपर्ने अवस्था आउँछ।’

    जानकी र जोशीपुर गाउँपालिकामा पनि बाढीले धानबालीमा क्षति भएको छ। जानकीमा वडास्तरमा तथ्याङ्क लिने काम भइरहेको पालिकाले जनाएको छ। जोशीपुरमा पनि तथ्याङ्क सङ्कलनको काम भइरहेको पालिकाले जानकारी दिएको छ। किसान स्थानीय सरकारले राहतमा खाद्यान्नसँगै हिउँदे खेतीका लागि बीउ, मल, खेती गर्न आवश्यक खर्चमा सघाइदिनुपर्ने माग गर्छन्। उनीहरूले हिउँदे खेती गर्न पाएमा किसान बाँच्ने बताउँछन्। ‘धान बेचेर हिउँदे खेतीको जोहो गर्ने हामी अब कसरी हिउँदे बाली लगाउनु’, स्थानीय रमेश विकले भने, ‘हिउँदे बालीका लागि राखिएको बीउ पनि रहेन, किसानलाई जस्तो पीडा कसैलाई छैन।’

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.