Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मङ्सिर ४ को निर्वाचन सामान्य निर्वाचन होइन: प्रचण्ड

    मङ्सिर ४ को निर्वाचन सामान्य निर्वाचन होइन: प्रचण्ड

    By सूचनापाना४ कार्तिक २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने एउटा महत्वपूर्ण अवसरसमेत भएको बताएका छन् ।

    SuchanaPana.com

    बाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं ७ ले आज आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि तयार भएको गठबन्धनलाई विजयी गराउनुपर्ने बताए । देशमा अहिले प्रष्टरुपमा दुई वटा गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उनले एउटा गठबन्धन अग्रगमनतिर अर्को पश्चगमनतिर, एउटा संविधान जोगाउनेतिर र अर्को संविधान मास्नेतिर देखिएकाले अग्रमगनको पक्षमा उभिएको आफूहरुको वाम लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको उल्लेख गरे ।

    अध्यक्ष दाहालले भने, “ठूलो सङ्घर्षबाट प्राप्त भएको लोकतन्त्रको उपलब्धिको रक्षाका लागि प्रष्टसँग उभिनु जरुरी छ ।” नेपाली कांग्रेस र वामपन्थी शक्तिको एकता र सहकार्यबाटै २०४६ सालको संयुक्त जनआन्दोलन सफल भएको र पञ्चायती तानाशाहीको अन्त्य भएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौतापछि क्रमशः अगाडि बढेको सहमतिकै आधारमा वर्तमान गठबन्धन तयार भएको बताए ।

    राजनीतिक उपलब्धिको रक्षाका लागि तयार भएको गठबन्धनले यस निर्वाचन क्षेत्रको भावना बुझ्ने गरी उम्मेदवारी दिइएकाले सफल हुने विश्वास उनले व्यक्त गरे । उनले सङ्घीय संसद्का लागि गठबन्धनको तर्फबाट अगाडि बढाइएको उम्मेदवार मानुषी यमी भट्टराई आफ्नो काम इमान्दार रुपमा पूरा गराउन सक्ने विशेष क्षमता व्यक्ति भएको धारणा व्यक्त गरे।

    काठमाडौँ–७ का मतदाता सचेत भएको भन्दै उहाँले नेवार समुदायको कोर एरिया भएकाले पनि परिवतर्नको लक्ष्य र चाहनालाई आत्मसात् गर्ने विश्वास व्यक्त गरे । उनले भने, “यो नेवार समुदायको कोर एरिया पनि हो । यहाँ अहिले जस्तो कम्बिनेशन देखिएको छ त्यो यहाँको जनताको भावना बुझ्ने र विकास र समृद्धिको यात्रा अघि बढाउने खालको छ भन्ने मैले बुझेको छु ।”

    कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ७० वर्षदेखि लडेर स्थापित गरेको राजनीतिक मूल्य र मान्यताको रक्षाका लागि पनि गठबन्धनको विजय जरुरी रहेको बताए। उनले तत्कालीन माओवादी जनयुद्धले स्थापित गरेको राजनीतिक प्रणाली नै वर्तमान राजनीतिको मूलप्रवाह भएको बताए ।

    उनले प्रतिगामी शक्तिले लोकतान्त्रिक मूल्य र मान्यता उल्ट्याउन लागिपरेको भन्दै त्यस्तो गतिविधि आफूहरुलाई सह्य नहुने धारणा राखे । पूर्व प्रधानमन्त्री भट्टराईले आगामी निर्वाचनमा जनविरोधी शक्तिलाई पराजित गर्नुको विकल्प नभएको स्पष्ट पारे।

    कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि पनि गठबन्धनले कुनै पनि हालतमा जित्नै पर्ने धारणा राखे । उनले गठबन्धनको पवित्र उद्देश्य भएकाले नेपाली जनताले समेत साथ दिने र विजयी गराउने विश्वास व्यक्त गरे।

    वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभातर्फ पूर्वविद्यार्थी नेता मानुषी यमी भट्टराई उम्मेदवार छन् । सो निर्वाचन क्षेत्रमा १६ स्वतन्त्रसहित २९ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.