Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » तेस्रोपटक राष्ट्रपति बने सी, अनुभवबिनाका ली छयाङलाई बनाए प्रधानमन्त्री

    तेस्रोपटक राष्ट्रपति बने सी, अनुभवबिनाका ली छयाङलाई बनाए प्रधानमन्त्री

    By सूचनापाना६ कार्तिक २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । तेस्रोपटक चिनियाँ राष्ट्रपति चुनिएका सी चिनफिङले उच्च राजनीतिक अनुभव नभएका व्यक्तिलाई दोस्रो नेताका रुपमा प्रस्तुत गरेका छन् । तेस्रोपटक पार्टी र देशको नेतृत्वमा चुनिएका सीले आफ्ना विश्वासपात्र ली छयाङलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका हुन् ।

    SuchanaPana.com

    चिनियाँ कम्युनिस्ट पार्टीको सांघाई प्रमुख रहेका ६३ वर्षीय ली यसअघि राष्ट्रपति सीको ‘चिफ अफ स्टाफ’ रहिसकेका व्यक्ति हुन्् । लामो समयदेखि सी निकट रहेका ली चीनको शक्तियुक्त दोस्रो नेता बनेका हुन् । कहिल्यै स्टेट काउन्सिलसम्म नबनेका उनी वरीयतामा माथि रहेका धेरै नेतालाई पछि पार्दै प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

    सीको तेस्रो कार्यकालमा प्रधानमन्त्री बनेका ली नगरपालिका तथा प्रदेशबाट सिधै चीनको प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति भएका अमेरिकी विश्वविद्यालयका प्राध्यापक याङ जोङले बीबीसीलाई बताएका छन् । उनी भन्छन्, “प्रधानमन्त्री झो यिन्लाईपछि उपप्रधानमन्त्रीको रुपमा काम नगरेरै प्रधानमन्त्री बन्ने ली एकमात्र व्यक्ति हुन् ।”

    आफ्नो छुट्टै शक्ति र स्थापित आधारबिना लीले राज्य परिषद्मा सीले लिने रणनीतिलाई नै पछ्याउनेछन् । उनी पार्टीमा पनि सीको छायाका रुपमा मात्रै रहनेछन् । यसअघिका प्रधानमन्त्री ली खछ्याङलाई स्थायी समितिमा सीलाई टक्कर दिनसक्ने एकमात्र व्यक्तिका रुपमा हेरिन्थ्यो ।

    एक दशकदेखि सत्तामा रहेका सीले तेस्रोपटक सत्तामा आएर दशकौँदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । पार्टी नेतृत्वमा लगातार तेस्रोपटक चुनिएसँगै उनले अहिले माओत्सेतुङसँग बराबरी गरेको छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि तेस्रोपटक कुनै नेता सत्तामा आउन सकेका थिएनन् । माओपछि उनी जस्तै शक्तिशाली बनेका सीले आफू नेतृत्वको पार्टीको नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् ।

    राष्ट्रपति सीको नयाँ स्थायी समितिमा प्रधानमन्त्री ली छयाङ, शाओ लेजी, वाङ हुनिङ, चाए छी, देङ सेसियाङ र ली सी रहेका छन् । स्थायी समिति घोषणा गर्दै सीले भने– ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद । मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अघि बढ्ने पनि उनले बताए । –बीबीसीबाट

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.