Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस हुँदै

    सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस हुँदै

    By सूचनापाना१६ कार्तिक २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । जबरजस्ती करणीको कसुरमा मुद्दा चलाइएका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस आज हुने भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिएपछि बुधबार थुनछेक बहस हुन लागेको हो ।

    SuchanaPana.com

    मंगलबारबाट सन्दीपको बयान लिन सुरु गरिएको भए पनि केही समय बत्ती गएको र बयान लामो भएको कारण मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझसम्म बयान लिएर सकाएपछि सन्दीपविरुद्धको मुद्दा न्यायाधीश घिमिरेले हेर्दाहेर्दैमा राखेका छन् । बुधबार इजलास खुल्ने बित्तिकै उनीमाथि थुनछेक बहस सुरु हुनेछ ।

    सम्भव भएसम्म बुधबार नै थुनछेक बहस सकाउने तयारी गरिएको छ । यद्यपि सरकारी वकिल र प्रतिवादीका वकिल गरी करिब १० जना थुनछेक बहसमा सहभागी हुने तयारी गरिएकाले आजै थुनछेक बहस सकिने वा नसकिने टुङ्गो छैन । बुधबार सुरुमा सरकारी वकिलका तर्फबाट सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै त्यसका आधार र प्रमाण पेस हुनेछ । सन्दीपले गरेको कसुर, उनलाई हुनसक्ने सजाय, बाहिर राख्दा पुग्न सक्ने क्षति आदि कुरालाई मध्यनजर गर्दै सन्दीपलाई थुनामै राख्नुपर्ने भन्दै वादी नेपाल सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सुरुवाती बहस गर्नेछ ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरे, महेश प्रसाद खत्री, कृष्णा भण्डारी, सहायक जिल्ला न्यायाधिवक्ता सुप्रिया कुँवरले बहस गर्नेछन् ।

    ​सरकारी वकिलको तर्फबाट बहस सकिएपछि प्रतिवादीका तर्फबाट अधिवक्ताहरूले बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट उपस्थित अधिवक्ताको बहसपछि थप केही कुरा प्रष्ट पार्नु परेमा पुनः सरकारी वकिलले सारांशमा जवाफ दिनेछन् । थप जवाफ दिनु आवश्यक नभएमा न्यायाधीशले प्राप्त तथ्य, प्रमाण, कानुनी व्यवस्था आदिका आधारमा सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने वा धरौटीमा छाड्ने भन्ने विषयमा आदेश दिनेछन् ।

    काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई थुनामै राख्ने आदेश दिएमा उनी धरौटीमा छाड्न माग गर्दै उच्च अदालत समेत जान सक्नेछन् । उच्च अदालतले पनि थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेमा बन्दी प्रत्यक्षीकरणको रिट लिएर उनी सर्वोच्च अदालतसम्म जान सक्नेछन् । यद्यपि तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने अवस्था आएमा धरौटीमा छाड्ने आदेश पाउने सम्भावना भने ज्यादै न्यून हुन्छ ।

    १७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

    मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौँ इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । जाहेरी परेको समयमा सन्दीप क्यारेबियन लीग खेल्न जमैकामा पुगेका थिए । प्रहरीमा जाहेरी परेपछि खेल नखेली फरार भएपछि नेपाल प्रहरीले सन्दीपविरुद्ध डिफ्युजन नोटिस समेत जारी गरेको थियो । प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सन्दीप असोज २० गते काठमाडौँ आएका थिए । त्यस लगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.