Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » आफ्नो पक्षमा माहोल बनाउन देश दौडाहा दलहरु, एमाले र कांग्रेस सुदूरपश्चिम केन्द्रित, गोरखामा प्रचण्ड

    आफ्नो पक्षमा माहोल बनाउन देश दौडाहा दलहरु, एमाले र कांग्रेस सुदूरपश्चिम केन्द्रित, गोरखामा प्रचण्ड

    By सूचनापाना१८ कार्तिक २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । चुनावमा आफ्नो पक्षमा माहोल बनाउन दलहरुले देश दौडाहा सुरु गरेका छन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन प्रचार प्रसारका आमसभा, र्यालीलगायतका कार्यक्रम गर्न छुट दिएसँगै दलहरुले देश दौडाहा सुरु गरेका हुन् ।

    SuchanaPana.com

    चुनावी प्रचारप्रसारका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । बिहीबार नै धनगढी पुगेका ओली आज सुदूर पश्चिम प्रदेशको दार्चुलाबाट चुनावी सभाको सुरुवात गर्ने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

    ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।

    यता कांग्रेसका सभापति देउवा पनि गृह जिल्ला डडेलधुरामा व्यस्त छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेलधुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा चुनावी सभामै व्यस्त बनेका छन् ।

    प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नेछन् ।

    देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी कात्तिक २० गते काठमाडौँ फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि देउवा पुग्ने कार्यक्रम छ।

    त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि यतिवेला निर्वाचन क्षेत्र गोरखामा व्यस्त छन् । गोरखाको विभिन्न क्षेत्रमा आयोजन गरिएका चुनावी सभामा व्यस्त रहेका प्रचण्ड पनि कात्तिक २० गतेपछि गठबन्धनले आयोजना गर्ने प्रदेश सभाहरुमा व्यस्त हुने कार्यतालिका छ ।

    अन्य दलका नेता तथा उम्मेदवारहरु मत माग्न मतदाताको घरदैलोमा पुग्दा देशभर निर्वाचनको माहोल बढेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.