Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » रामेछापका हिमाली वस्तीः उम्मेद्वार चिन्दैनन् मतदाता, ६ घण्टा हिडेर भोट हाल्छन्

    रामेछापका हिमाली वस्तीः उम्मेद्वार चिन्दैनन् मतदाता, ६ घण्टा हिडेर भोट हाल्छन्

    By सूचनापाना१९ कार्तिक २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    टीकाप्रसाद भट्ट,
    रामेछाप । मंसिर ४ मा हुने निर्वाचन आउन केहि दिन मात्र बांकी रहेको बेला रामेछापको सवैभन्दा सुदुर उत्तरी वस्ती लाहाछेवरमा भने चुनावको चर्चा पुगेको छैन् । एकलासको वस्तीमा कोहि नेता मत माग्न पुगेका छैनन् । लोकतान्त्रिक गठवन्धनका उम्मेदवार वडा केन्द्र पुगेर फर्केका छन् भने एमालेका उमेदवार पनि लाहाछेवर पुग्ने कार्यक्रम छैन् । चुनावमा मुख्य प्रतिस्पर्धि ति दुई पार्टी मात्र हुन । अरु उमेदवारले त सुगम स्थानमा पनि सवै क्षेत्रमा प्रचार लादैनन् ।

    SuchanaPana.com

    ‘यो पटक मात्र हैन, हाम्रो वस्तीमा कुनै चुनावमा पनि नेता भोट माग्न आईपुग्दैनन्’ स्थानीय आङभाई शेर्पाले भने – आफै वुझेर भोट हाल्ने गरेका छौं । छावाछेवर उमाकुण्डको १ नम्बर वडा गुम्देलमा पर्छ । उक्त वस्तीबाट गुम्देलमा रहेको मतदान केन्द्र सम्म आउन पैदल ७ घण्टा हिड्नु पर्छ । लिखु जलविद्युत आयोजनाका कारण अहिले बाटो वने पनि सार्वजनिक यातायातका साधन चल्दैनन् । भोट हाल्न हिड्नु सिवाय अरु विकल्प उक्त वस्तीका बासिन्दाको छैन् ।

    पञ्चायत कालमा एक पटक नवराज सुवेदी र बहुदलिय व्यवस्था आएपछि देवशंकर पौडेल बाहेकका नेता लाहाछेवरमा भोट माग्न पुगेका छैनन् । बरु पूर्व गृह मन्त्री रामवहादुर थापा (बादल) माओवादी सैनिक लिएर महिनौं (६ महिना भन्दा बढी) लाहाछेवरमै आश्रय लिएर वसे । टाढा भएकैले सेना र प्रहरीको पहुच नपुग्ने भएकाले वादलले लाहाछेवर रोजेका थिए । शान्ति स्थापना भएपछि उनि र उनको पार्टीका नेताले फेरी लाहाछेवर टेकेका छैनन् ।

    नुम्बुर हिमाल काखको जिल्लाकै उपल्लो वस्ती छाहाछेवरका समस्या धेरै छन् । तर समाधानका लागि कुनै नेतालाई उक्त वस्तीको आवाज पुग्दैन् । गाउंमा स्वास्थ्य चौकी छैन् । सिटामोल खान गुम्देलनै पुग्नुपर्छ । चौरी खर्क जाने बाटोमा पुल छैनन् । कृषि उपजकाका लागि सहयोग पाईदैन स्थानीय दावा शेर्पा भन्छन् – यो अलग्यै मुलुक जस्तो भएको छ । कोहि आई पुग्दैन र सहयोग पनि गर्दैन, त्यैपनि हरेक चुनावमा हामी भोट हालिरहन्छौ ।

    लाहाछेवरमा कोहि विरामी परे दुईटा विकल्प छन् । एउटा स्थानीय धामी झांक्री लाउने र अर्को हेलिकप्टर चार्टर गर्ने । गत बर्ष चौरी गोठ लिएर गईमडा“डाको जंगलमा वसेको बेला लाहाछेवरकी कामीशर्कि शेर्पा सीकिस्त विरामी भईन । सोलु र रामेछापको सिमानामा पर्ने जंगलको टुप्पोमा हेलिकप्टर मगाएर उनलाई बचाईयो । हेलिमा १ लाख २० हजार खर्च नगरेको भए शेर्पा बच्ने सम्भावना थिएन । ‘अहिले हेलिको भाडा बढेको छ । ठ्याक्कै १ लाख ६० हजार लिन्छ’ स्थानीय आङभाई शेर्पाले वताए ।

    लाहाछेवरमा विरामी परेकाको उपचार भगवान भरोसा छ । पैसा र पहु“च हुनेले हेलि मगाउछन् । अरुले झारफुकको भरमा विरामीको उपचार गर्छन । सरकारी स्वास्थ्य सेवा लिनका लागि लाहाछेवरबासीको पहु“च छैन । गुम्देल आउन ७ घण्टा हिड्नु पर्छ । अनि छिमीके सोलुको जुनवेसी जान पुरै दिन माया मार्नुपर्छ ।

    लाहाछेवरमा ३२ परिवारको वसोवास छ । गाउ“मा विरामी पर्दा सोलुतिरबाट आएका तामाङ्गले झारफुक गर्छन । चार बर्ष अघी एकै पटक ४ वटा हेलि मगाएर विरामी काठमाण्डौं पु¥याएको सम्झना शेर्पालाई छ । वर्षको एकादुई त सधैं जस्तो आपत आईपर्छ ।

    लाछाछेवरमा अधिकांश शेर्पाको वस्ती छ । थामी र कार्की थोरै छन । गाउ“ भन्दा झण्डै ५ घण्टाको पैदल दुरीमा रहेको क्यामामा गाउ“पालिकाले गाउ“घर क्लिनीक राखेको छ । त्याहा पुगेर विरामीलाई देखाउन भनेको स्थानीयलाई धेरै कठिन काम भन्ने लाग्छ । ‘क्यामा पुगेपछि अरु २ घण्टा हिडेपछि गाडि भेटिन्छ, त्यतैबाट काठमाण्डौं पो जान्छौ’ं शेर्पाले भने ।

    उमाकुण्ड गाउ“पालिका १ को गुम्देलमा पर्ने उक्त वस्ती भन्दा उत्तर वसोवास छैन । लाहाछेवर टाढा भएकैले यहा“ सरकारी सूचना समेत पुग्दैन । धेरैले गाउ“पालिकाका प्रतिनिधि समेत चिन्दैनन । पार्टीको संन्देश सुनेर ७ घण्टा पैदल टाढाको गुम्देलमा पुगेर उनिहरुले गएको आमनिर्वाचनमा भोट हाले । तर भोट दिएका नेताहरुको अनुहार उनीहरु चिन्दैनन् ।

    लाहाछेवरका बासिन्दा रामेछापको भन्दा बढी सोलुमा निर्भर छन् । यहा“को प्रमुख उत्पादन पहिले चौरीको चिज र छुर्पी थियो । शेर्पाहरु चिज र छुर्पि वोकेर सोलु जान्थे । अहिले चौरी गोठ घटेका छन । १८ बर्ष चौरी पालन गरेका आङभाई शोर्पाले अहिले उक्त काम चटक्कै छोडे । उनले मात्र हैन, धेरैले छोडे । ५/६ गोठ मात्र छन ।

    टिप्बुर, सेतो सिमी , मकै, वा र आलु यहा“को उत्पादन हो । झोप्के (लेकाली गोरु) मा ५० केजिको भारी बोकाएर हरेक साता २ दिनको पैदल वाटो सल्लेरी पुग्ने स्थानीयहरु आफुलाई आवश्यक पर्ने दैनिक उपभोग्यका सामान त्यहिबाटै किनेर ल्याउने गर्छन ।

    स्थानीय कल्जङ शेर्पाका अनुसार पहिले स्थानीय जडिवुटि संकलनमा स्थानीय रमाउथे । गौरीशंकर संरक्षण क्षेत्र बनेपछि त्यस कार्यमा रोक लाग्यो । पा“चऔले, कुट्की, विकमह, चिराईतो, जटामसि जस्ता जडिवुटी संकलन एकातिर थियो भने लोक्ता र अर्गेलीको संकलनले मनग्यै पैसा आउथ्यो । अहिले ति सवै रोकिएका छन । संरक्षण क्षेत्रले वन्द गरिदियो ।
    उक्त सुदुर गाउ“का बासिन्दाहरु आफ्नो जग्गाको उत्पादनले बढीमा ३ महिना भन्दा बढी खान पु¥याउदैनन । बढीमा प्रतिपरिवार ३० रोपनी जग्गा भएपनि कसैलाई खान पुग्दैन । गाउ“ भर सरकारी जागिरे भएको कुनै पनि घर छैन । गाउ“बाट सोलुको व्यापारमा लागेका भन्दा बाहेक केहि युवाहरु विदेशिएका छन । अमेरीका, फ्रान्स र युरोपका केहि देशमा यो गाउ“का झण्डै २० जनाको हाराहारीमा युवा पुगेका छन । उनिहरुले पठाएको पैसाले स्थानीयले अभावको महसुस गरेका छैनन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.