धनगढी । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ३२ किलोको मालाले सम्मान गरिएको छ। आइतबार उनको गृहजिल्ला डडेल्धुरामा ३२ किलोको मालाले देउवालाई सम्मान गरिएको हो।
सयुंक्त लोकतान्त्रिक वाम गठबन्धन परशुराम नगरपालिकाले जोगबुढामा देउवालाई ३२ किलोको मालाले सम्मान गरेको जनाएको छ। देउवा चुनावी सभालाई सम्बोधन गर्न जोगबुढा पुगेका छन्।
