काठमाडौं । विश्वका महिला राजनीतिज्ञहरुको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गरेको छ ।
संजालको आइसल्याण्डमा सम्पन्न कार्यक्रममा राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको हो ।
‘वुमन पोलिटिकल लिडर्स्’ का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेकी हुन् ।
राष्ट्रपति भण्डारी बुधबार महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी भएकी थिईन् । त्यहा उनले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गरेकी थिईन् ।
राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिईन् । भण्डारी भ्रमण सम्पन्न गरी यहि शनिबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।
