Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नारायणी किनारका होटलमा पर्यटकको आकर्षण

    नारायणी किनारका होटलमा पर्यटकको आकर्षण

    By सूचनापाना२४ कार्तिक २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । दशैं, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् ।

    SuchanaPana.com

    जिल्लाको गैँडाकोट–१ मा सञ्चालनमा रहेको ‘द नारायणी रिसोर्ट’का सञ्चालक वसन्त पराजुलीले अहिले होटलमा पाहुनाको आगमन बढ्न थालेको बताए । ‘दसैँ, तिहार र छठको बिदासँगै यहाँका होटलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छु, उनले भने, ‘अघिल्ला वर्षहरूको यो समयमा होटलको अकुपेन्सी मुस्किलले ४० प्रतिशत पुग्ने गरेकोमा अहिले ७० प्रतिशतसम्म पुगेको छ ।’ नारायणी नदी किनारबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटक नदी किनारका होटलमा केन्द्रित हुने गरेको पराजुलीको भनाइ छ ।

    ‘जिल्लामा विभिन्न ठूला कार्यक्रम हुने गरेका छन्, उनीहरूको रोजाइमा पनि नदी किनारका होटल नै परेका छन्’, पराजुलीले भने, ‘नदी किनारबाट देखिने सूर्यास्त, मोटरबोट सयरलगायत विभिन्न कारण नदी किनारको होटलमा आकर्षण बढेको हुनसक्छ ।’ चितवनको सौराहा केन्द्रित हुने पर्यटक अहिले नारायणी नदी किनारका होटलमा विस्तार भइरहेका पराजुलीको भनाइ छ । यहाँ आउने पर्यटक पवित्र तीर्थस्थल देवघाटधाम, ऐतिहासिक महत्वको मौलाकालिका मन्दिरलगायतका ठाउँमा घुम्ने गरेका पराजुलीले बताए ।

    होटल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष सन्तोष रानामगरले जङ्गल सफारी, जीप सफारी, डुङ्गा सफारीलगायतका लागि पर्यटक आउने हुँदा नारायणी नदी किनारका होटल उनीहरूको रोजाइमा पर्ने गरेको बताए । ‘नारायणी नदी वारि रहेका अमलटारी, पिठुवासहितका सामुदायिक वनमा जीप सफारी, ट्रेकिङ, नारायणीमा डुङ्गा सफारीजस्ता पर्यटकीय गतिविधि हुने गरेका छन्’, रानामगरले भने, ‘दुर्लभ एकसिङ्गे गैँडा, मयुर, भालु, मृगजस्ता जनावर जङ्गल सफारीमा सहजै देख्न पाइने हुँदा अहिले पर्यटकको आगमन राम्रो छ ।’

    नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहाको विकल्पका रुपमा नवलपुर क्षेत्र उदाउँदै जँदा नारायणी नदी किनारका होटलमा आकर्षण बढेको राना मगरले बताए । ‘केही हप्ताअघि राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत केही खेल नवलपुरमा आयोजना हुँदा यहाँको पर्यटन क्षेत्रलाई थप बल पुगेको छु, रानामगरले भने, ‘अहिले जिल्लामा आउने पर्यटक दुईतीन दिनको बसाइँमा आउने गरेका छन् उनीहरूलाई एक हप्तासम्म राख्ने गरी हामीले प्याकेज बनाउँदै छौँ ।’

    जिल्लामा रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय स्थलहरूलाई समेटेर व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने लैजाने योजना रहेको रानामगरले बताए । ‘नवलपुरमा बसुन्जेल आन्तरिक पर्यटक खुलेर रमाइलो गरुन् भन्ने तरिकाले हामीले यहाँको पर्यटनलाई व्यवस्थित गर्ने योजना बनाएका छौँ’, रानामगरले भने, ‘हामीकहाँ आउने पर्यटकले यहाँ खाँदा बस्दा पैसा सकिएको अवस्थामा उनीहरूलाई हामी आफैँ गाडीभाडा हालेर घर पठाउने व्यवस्था गर्ने गरी छलफल अघि बढाएका छौँ, त्यस्तो गर्न सकियो भने नेपालमै नवीन पर्यटकीय ठाउँ बन्नेछ नवलपुर ।’

    नवलपुरमा तीन प्रकारको हावापानी पाइने भन्दै उनले राजमार्गबाट उत्तरतर्फ पाँच किलोमिटरको दूरीमा चिसो हावापानी, राजमार्ग क्षेत्र र राजमार्गबाट दक्षिणतर्फ सिमसार छुट्टै हावापानी पाइने उनको भनाइ छ । नवलपुरको त्रिवेणीधाम, दाउन्नेदेवी मन्दिर, धौवादीको फलाम खानी, देवचुली डाँडा, शाश्वत धाम, मौलाकालिका मन्दिर, देवघाटधाम, चितवन राष्ट्रिय निकुञ्जका सामुदायिक वनलाई पर्यटनसँग जोडेर प्याकेज बनाउने तयारी भइरहेको राना मगरको भनाइ छ । यहाँको पहाडी क्षेत्रमा गुरुङ, मगरको तथा तराईमा थारु समुदायको संस्कृति, परम्परागत खानपानमा पर्यटकलाई रम्ने वातावरण बनाउँदै नदी केन्द्रित पर्यटनको क्षेत्र विस्तार गरिने उनको भनाइ छ ।

    जिल्लामा रहेका करिब आठ सय होटलमध्ये नारायणी किनारमा मात्रै अहिले दुई सयको हाराहारीमा होटल सञ्चालनमा रहेका राना मगरले बताए । यो समयमा नारायणी किनारका सबै होलटमा ७० देखि ७५ प्रतिशत अकुपेन्सी रहेको राना मगरले बताए । जिल्लाका सानाठूला होटलमा गरी करिब तीन हजार कोठा रहेका राना मगरको भनाइ छ ।

    होटल व्यवसायी महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दिनेशकुमार चुकेले नारायणी नदी किनार पर्यटकीय दृष्टिकोणले आकर्षित बन्दै जाँदा यहाँ आउने पर्यटक बढेका बताए । ‘भारतको गोवा तथा मुम्बईको समुद्री तटको झल्को दिने गरी नारायणी नदी किनार विकास भइरहेको छु, चुकेले भने, ‘त्यसैको प्रभावले यहाँको नदी किनारका होटलमा पर्यटकको आकर्षण बढेको हो ।’ नदी किनारका होटलमा बास बस्दा नारायणी गङ्गा आरतीको अवलोकन, मोटर बोटमा सयर, मनोरम सूर्यास्तको दृश्यावलोकनजस्ता क्रियाकलाप गर्न पाइने हुँदा आन्तरिक पर्यटकको रोजाइमा नदी किनार पर्ने गरेको चुकेले बताए ।

    ‘गैँडाकोटका नदी किनारका होटलमा बस्ने पर्यटक बिहान उठेर सहजै मौलाकालिका मन्दिरको दर्शन गर्दै देवघाटधाममा जान सक्छन्’, वरिष्ठ उपाध्यक्ष चुकले भने, ‘नदी किनार देशकै केन्द्र भागमा पर्ने हुँदा यातायातको सजह व्यवस्था भएकाले यहाँ पर्यटकको आकर्षण बढ्नु स्वभाविक हो ।’ यहाँ आउने पर्यटकमध्ये अधिकांश छुट्टी मनाउन तथा घुम्न आउने भएकाले उनीहरूको बसाइँ लम्बाउने गरी विभिन्न क्रियाकलाप सञ्चालन गर्नसकेमा आर्थिक क्रियाकलाप बढ्ने चुकेले बताए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.